फार्नबोरोमा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम आयोजना

SHARE:

एटा सम्वाददाता
फार्नबोरो । स्वास्थ्य शिक्षा र जागरुकताबारे जानकारी गराउने उद्देश्यले फार्नबोरो कम्युनिटी हलमा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी), नेप्लिज् डाक्टर एशोसिएसन (एनडिए) र नेप्लिज् नर्सिङ्ग एशोसिएसन (एनएनए) युके नामक नेपाली संघसंस्थाले गत शनिबार २८ अप्रिलका दिन कार्यक्रमको आयोजना गरेका हुन् । तीन चरणमा सम्पन्न भएको कार्यक्रमलाई स्थानीय रसमुर बरो काउन्सिलका काउन्सिल लिडर डेभिड क्लिफोर्ड, काउन्सिलर आलेक्स क्राफोर्ड, बाबरा हर्स्ट, एनडिए युकेका अध्यक्ष डाक्टर सविन जोशी, एनएनए युकेकी अध्यक्ष प्रशुना कँडेल र जीआरएनसी युकेका अध्यक्ष जीव बेल्वासेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

पहिलो चरणको कार्यक्रममा एनडीए युकेका अध्यक्ष डा. सविन जोशीले सविन धन्यवाद दिएका थिए । सोपश्चात् डा. प्रज्वल घिमिरे र एनएनएका उपाध्यक्ष विनोद विकास सिम्खडाले स्वास्थ्य शिक्षा र जागरुकता कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा डा.कमल अर्यालले कार्यक्रमको उद्देश्य, डा. संकल्प न्यौपानेले मधुमेह, गंगा साम्पाङ्ग र सुनिता गौतमले उच्च रक्तचाप र पक्षघात, डा. सुधीर लोहनीले फोक्सो तथा छाती, डा.रचैता पन्त र बिनु लामिछानेले दाँतको स्वच्छता र समस्या, डा. अरुण झाले मानसिक स्वास्थ्य, डा.बिना सुब्बाले महिलाहरुमा क्यान्सर र डा. भिछ्यान राईले एनएचएस र यसको प्रयोगबारे प्रिजेन्टेसन दिएका थिए । त्यस्तै, डा. राघव धितालले दोस्रो चरणको कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रमको तेस्रो चरण एवं स्वास्थ्य परीक्षणका लागि नौवटा टेबलमा उच्च रक्तचाप, मधुमेह, फोक्सो तथा छाती समस्या, मानसिक स्वास्थ्यलगायत विविध विषयमा परिक्षण गरी लिखित सुझावसमेत सहभागीहरुलाई दिइएको थियो ।

कार्यक्रमको अन्त्यमा एनएनए युकेकी अध्यक्ष कँडेलले जीआरएनसी र एनडिएलगायत सबैलाई धन्यवाद दिइन् भने जीआरएनसीका अध्यक्ष बेल्वासेले एनडीए युके अध्यक्ष डा. सविन जोशी तथा उनको टिम, एनएनए युकेकी अध्यक्ष कँडेल तथा उनको टिम, जीआरएनसीका निवर्तमान अध्यक्ष ओम थापा तथा पार्वती थापा, कोषाध्यक्ष टोप पल्ली तथा शेष पल्ली, सल्लाहाकार क्याप्टेन वीर थापा, क्याप्टेन हरि थापा, क्याप्टेन विष्णु श्रेष्ठ, क्याप्टेन केशर राना र डब्लु टू वुद्धि गुरुङलाई धन्यवाद दिए । साथै उनले सल्लाहकार फडकजित गुरुङले स्वदिष्ट खाना र एनडीएका महासचिव डा. कमल अर्याललाई खाना प्रयोजनको लागि धन्यवाद दिँदै अर्को कार्यक्रममा नेपालीमात्र नभई न्यूनतम २५ प्रतिशत स्थानीय समुदायलाई पनि सहभागी गराउने वचन दिए ।

एनडीएका महासचिव डाक्टर कमल अर्यालद्वारा सञ्चालित कार्यक्रममा जीआरएनसीका अध्यक्ष बेल्वासेले स्वागत मन्तव्य दिएका थिए भने काउन्सिलर क्लिफोर्ड, आलेक्स क्राफोर्ड र एनएनएकी अध्यक्ष कँडेलले कार्यक्रमको बारेमा बोलेको जीआरएनसी युकेका अध्यक्ष वेल्बासेले जानकारी दिए

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!