सिन्धुपाल्चोक । शनिबार राति वर्षापछि आएको बाढीले भोटेकोसी गाउँपालिकाको मार्मिङ चाकुमा एक घर र पुल बगाएको छ।
बर्षापछि स्थानीय हृयाङ्ले खोलामा आएको बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्ले गाउँस्थित घर र चाकु बजार वारपार गर्ने साँघु पुल बगाएको हो।
बाढी आएपछि डरले स्थानीयको भागाभाग भएको छ । स्थनीय त्रासले रातभर सुत्न सकेनन् । भोटेकोसी तटीय क्षेत्रमा त्रास फैलिएको छ।
मध्य भोटेकोसी जलविद्युत् आयोजनास्थलको हेर्डवक्सस्थल, टावर, एक्जाभेटर, टिपरलगायतका साधन, माथिल्लो भोटेकोसीको बाधस्थल संरचनादेखि शिवश्री हाइड्रो पावर, चाकु हाइड्रो अधिकांश संरचना बाढीले ध्वस्त बनाएको छ।






