विप्लवप्रति बादल नीति

SHARE:

कुनै बेला जनयुद्ध सँगसँगै लडेका गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका नेत्रविक्रम चन्द विप्लव अहिले एकअर्काका दुश्मन हुन् । एकले अर्कालाई सिध्याउने रणनीतिमा बादल र विप्लव छन् । विप्लव बादल नेतृत्वको गृह प्रशासन मात्र नभएर नेपाल सरकारबाट नै प्रतिवन्धित छ । जहाँ भेट्यो त्यही पक्राउ गर्नु भन्ने आदेश बादलको छ ।

विप्लव भूमिगत छन् । भूमिगत रुपमा नै उनले राज्यविरुद्ध विभिन्न गतिविधि गरिरहेका छन् । राज्यका विभिन्न संयन्त्रमा विप्लवले धावा बोलेकै छन् । गृह प्रशासनलाई ठाडो चुनौती दिँदै एनलेसल र नेपाल टेलिकमको टावर ध्वस्त पारेपछि सरकार विप्लपविरुद्ध कठोर बन्ने स्थितिमा छन् । त्यो स्थितिले अबको स्थिति के हुने भन्नेमा सबैको चासो र चिन्ता छ ।
समानान्तर सत्ताको एजेण्डाबाट अघि बढेका विप्लव देशव्यापी रुपमा चन्दा आतंक मच्चाइरहेका छन् । विप्लवले देशका सामान्य व्यापारीदेखि प्रतिष्ठित व्यापारिक घरानासम्म चन्दा मागेका छन् । विप्लवको खास खुलस्त एजेण्डा देखिएको छैन । राज्यसत्ताको समानान्तर सत्ता सञ्चालन गर्ने उनको मुख्य उद्देश्य छ । सोही उद्देश्य पूरा गर्नका लागि विप्लवले देशव्यापी रुपमा आफ्ना नेता कार्यकर्ता परिचालित भएका छन् ।

विप्लवले युद्ध घोषणा गरेका छैनन् । युद्धको घोषणा नगरेपनि विप्लवका कारण एक प्रहरीसहित सातजनाले ज्यान गुमाइसकेका छन् । आत्मघाती बम विष्फोटबाट ज्यान गुमाउने विप्लवकै कार्यकर्ता बढी छन् । प्रहरीको भाषामा इन्काउन्टरमा तीनजनाको ज्यान गएको छ । यो परिस्थितिले नेपाललाई नै घाटा लागिरहेको छ । नेपाली आमाका सन्तानहरुले नै ज्यान गुमाइरहेका छन् । यसले मुलुकलाई कता लैजाँदैछ भन्ने प्रश्न पक्कै पनि खडा भएको छ ।
जनयुद्धबाट वर्गीय, जातीय र समग्र मुक्तिको आवाज स्थापित गरेपनि विप्लव त्यसबाट पनि सन्तुष्ट हुन सकेनन् ।

फलस्वरुप विप्लवले अहिलेसम्म फेरि अघोषित बन्दुक उठाए । विप्लवसँग स्वचालित हतियार रहेको स्पष्ट भइरकेको छ । घातक हतियार विप्लव समूहका नेता कार्यकर्ताहरुबाट देशका विभिन्न स्थानबाट बरामद हुनुले विप्लव चानचुने तयारीमा नरहेको स्पष्ट छ । त्यसैले पनि विप्लबको यी योजनाविरुद्ध सरकारले निष्प्रभावी पार्न सक्ला वा नसक्ला भन्ने चासो जनतामा हुनु अनौठो विषय भएन । त्यसैले पनि सबैको चासोमा विप्लव छ ।

पछिल्लो समय विप्लवले पनि पक्राउ परेको पोलिटव्यूरो, केन्द्रीय स्तरीय नेताहरुलाई पार्टीबाट निष्कासन गरेर अर्काे रणनीति लिएको छ । उसको पार्टीका नेता कार्यकर्ता नै नरहेपछि सरकारले के आधारमा थुन्न सक्छ ? भन्ने रणनीति विप्लवले लिएको देखिन्छ । विप्लवको यो रणनीतिले सरकारको कारवाहीलाई निष्प्रभावी पार्दै पक्राउ कार्यकर्ता छाड्न दवाव दिने रणनीति लिएको स्पष्ट भएको छ ।

विप्लवको यो नीतिसँगै बादल नीति कस्तो आउने हो भन्ने बारेमा भने अहिले नै अनुमान गर्न नसकिने स्थिति छ । बादल गृह प्रशासनले लिने नीतिमा देशमा शान्ति र अशान्तिको अनुमान लगाउन सकिनेछ । त्यसैले पनि विप्लवविरुद्ध बादल नीतिको ठूलो महत्व रहनेछ । त्यसैले बादलको सुझबुझपूर्ण र विप्लवलाई शान्ति प्रक्रियामा ल्याउँदै संसदीय राजनीतिमा ल्याउने नीतिका लागि अग्रसर हुनैपर्छ । त्यसका लागि पहलकदमी लिनैपर्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!