सोनिया गान्धी भारतीय कंग्रेसको अन्तरिम अध्यक्ष

SHARE:

काठमाडौं । भारतीय कांग्रेसले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चुनेको छ । अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरी उनकी आमा सोनिया अन्तरिम अध्यक्ष चुनिएकी हुन् ।

लोकसभा चुनाव २०१९ मा कांग्रेस पराजित भएपछि राहुलले नैतिकताको आधारमा पार्टीमा राजीनामा बुझाएका थिए । तर, तत्काल उनको राजीनामा अस्वीकृत गरिएको थियो । शनिबार बसेको कांग्रेस कार्यसमितिको बैठकले राहुलको राजीनामा स्वीकृत गर्दै फेरि सोनियालाई नै अन्तरिम अध्यक्ष चुनेको कांग्रेस नेता गुलाम नबी आजादलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सोनिया भारतीय कांग्रेसमा सबैभन्दा लामो समयसम्म अध्यक्ष बनेकी नेतृ हुन् । अर्को अध्यक्ष नचुनिएसम्म अब पार्टीको नेतृत्व सोनियाले नै गर्नेछिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!