नगेन्द्रराज नेम्वाङ ‘वागिस’
शारीरिक रोग तथा मानसिक समस्याबाट बच्नका लागि शरीरलाई गहन आरामको आवश्यकता पर्दछ । गहन आराम भन्नाले निद्रा पुग्नेगरी सुत्नु पर्दछ । निद्रा पुगेन भने शारीरिक रोगभन्दा मानसिक रोग लाग्ने सम्भावना बढी हुन्छ ।
हामीले मोबाईल फोनबाट चार्ज गरेजस्तै हाम्रो शरीर र मन मस्तिष्क चनाखो रहनका लागि निद्रा पुग्नेगरी सुत्नु नै शरीरलाई चार्ज गर्नु हो । सुत्ने चाहना भएर पनि अनिद्राको समस्या भएमा निन्द्रा ल्याउनका लागि अपनाउनु पर्ने उपायहरु प्रस्तुत्
गरिएको छ । प्रोटिनयुक्त माछा, मासु, गेडागुडी, क्याफिनयुक्त चिया, कफी, कोक, रेडबुलले निन्द्रामा दखल पुर्याउने हुँदा बेलुकीको खाना प्रोटिन र क्याफिन कम गर्नु पर्दछ । बेलुकीको तात्तातो खानामा काँचो प्याज खानाले निद्रा लाग्न मद्दत पुर्याउँछ । सुत्ने कोठामा चर्को आवाज, धेरै चिसो वा गर्मी आदिबाट जोगाई अनुकूल व्यवस्था गर्नुपर्दछ । सुत्नु अगाडि तातो पानीमा नुहाउने, सुत्ने, कोठा जाति सक्दो अँध्यारो हुनु पर्दछ ।
सुत्ने समयमा आफूलाई मनपर्ने संगीत श्रवण गर्ने । शारीरिक व्यायामको अभावले निद्रामा समस्या आउने हुँदा दैनिक पसिना आउने गरी ३०–९० मिनेटसम्म व्यायाम गर्नुपर्दछ । ओछ्यानमा ढल्केपछि किताब पढ्ने बानीले पनि निद्रा लाग्न मद्दत पुर्याउँछ । आँखा चिम्म गरेर १०० अंकबाट उल्टो गन्दै १ सम्म गन्ने निद्रा नलागेसम्म उल्टो संख्या गन्ने कार्य निरन्तर जारी राख्ने ।
हामीले दैनिक खाने भोजनले शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने हुनाले अनिद्राको समस्या भएमा ताजा फलफूल, ड्राई फुड्ट, कार्बोहाइट्रेटयुक्त भात, रोटी, आलु, भुटेको मकै लाभदायक मानिन्छ । अनिद्रा समस्याको लागि योग, ध्यान, प्रणायाम त रामवाण नै मानिन्छ ।