चश्मामै भिडियो क्यामरा

SHARE:

काठमाडौँ । फोटो र भिडियोका साना क्लिप्सहरु खिच्न र त्यसलाई स्मार्टफोनमा हालेर साथीभाईलाई शेयर गर्न सकिने क्यामेरासहितको चश्मा बजारमा आएको छ । ‘स्न्याप’ नामक कम्पनीले अघिल्लो साता (२६ अप्रिल) मा उक्त चश्माको बिक्री वितरण सुरु गरेको हो ।

‘टेकन्युज वर्लड’ का अनुसार ‘स्पेक्ट्याकल्स स्पोर्ट’ नाम दिइएको उक्त चश्मामा ‘रे–बन’को जस्तै डिजाइन गरिएको छ । पातलो, हलुको र लगाउन पनि सजिलो यो चश्मा फेशनेवल पनि छ । यसलाई एउटा ‘वेयरेवल भिडियो क्यामेरा’ डिभाईस भन्न सकिन्छ । ‘स्पेक्ट्याल्स’को केस(बटटा) लाई जार्चर डिभाइसको रुपमा उपयोग गर्न सकिने प्रविधि जडान गरिएको छ । यो पानीले नभिज्नेगरि बनाइएको छ । यस चश्मामा रहेको बटमलाई थिचेर १० सेकेण्ड सम्मको भिडियो र केही सेकेण्ड अझ थिचेर फोटो पनि खिच्न सकिन्छ । यसलाई दुई या तीन पटक थिचेर २०–३० सेकेण्डको भिडियो क्याच गर्न सकिन्छ । यसबाट खिचिएको फोटो र भिडियो उच्च कोटीको हुने गरेको दाबी कम्पनीको छ । फोटोको रिजोल्युशन १६४२ गुणा १६४२ र भिडियो रिजोल्युसन १२१६ गुणा १२१६ रहेको छ । यति मात्रै हैन, यसमा सेकेण्ड माइक्रोफोन पनि जडान गरिएको छ ।

चश्माबाट भिडियो खिच्दा, निस्किने आवाज या गरिने कुराकानीलाई रेकर्ड गर्न माइक्रोफोन जडान गरिएको कम्पनीले जनाएको छ । यो चश्मा लगाएपछि मानिसको आवाज पनि सजिलै सुन्न सकिन्छ । कम्पनीका अनुसार यो चश्मामा जडित क्यामेरा डिभाइसलाई एक पटक चार्ज गरेपछि ७० वटा भिडियो खिच्न र त्यसलाई फोनमा ट्रान्सफर गर्न सकिन्छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!