रुपकुमार र राधाको आयो ‘नाना तायामा’ गीत [भिडियोसहित]

SHARE:

काठमाडौं । किराती पूर्खाहरु तायामा, खियामा र हेत्छाकुप्पाको मिथकमा आधारित ‘नाना तायामा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा रुपकुमार राई र राधा राईको स्वर छ ।

म्युजिक भिडियोमा अभिनय भने सेसुका राई, अस्मिता राई र रामदीप राईले गरेका छन् । गीतकार भूपाल राईको शब्द र दिनेश सुब्बाको संगीत रहेको म्युजिक भिडियो शुक्रबार एक समारोहबीच ललितपुरमा सार्वजनिक गरिएको हो ।

‘अहिले गीतको ट्रेन्ड हेर्दा बजार र विचार गरी दुई खेमामा बाँडिएको छ । अहिलेको भाषामा भाइरल अर्थात् बजारको गीत धेरै लेखिने गरेको छ । तर, विचारको गीत कम लेखिएको छ । नाना तायामा गीत विचारको गीत हो’ उनले भने । मिथकमा आधारित गीत लेख्न गाह्रो रहेको अनुभव सुनाउँदै उनले नाना तायामामा मिथकको संकेत मात्रै दिन खोजिएको बताए ।
त्यसैगरी हङकङमा रहँदै आएका संगीतकार दिनेश सुब्बाले आफू लिम्बु भएकाले राईहरुको मिथकमा रहेको गीतको संगीत गर्नका लागि लामो समय अध्ययन गर्नुपरेको बताए । त्यसैगरी कार्यक्रममा गायक रुपकुमार राईले आफूले सानोमा सुन्दै आएको मिथकमा आधारित गीत गाउन पाउँदा गर्व लागेको बताए ।

गीतको एक अंश
म बा“चेको तिम्रै माया, तिम्रै आशिर्वादमा
कहा“ गयो मलाई छाडी नाना तायामा
हौ नाना तायामा….

उभौलीमा फुले जस्तै लिमचिमबुङको झुम्मा
त्यही फूलझैं भेटें तिमलाई भाइ हेछाकुप्पा
हौ भाइ हेछाकुप्पा …..
गीतको प्रारम्भमा शब्द रचनाकार कवि भूपाल राईले यही मुन्दुम मिथमाथि चोटिलो कविता वाचन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!