रवि लामिछाने ५ लाख धरौटीमा रिहा

SHARE:

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जना रिहा भएका छन् । जिल्ला अदालत चितवनको आदेशमा रविसहित युवराज कँडेल, अस्मिता कार्की रिहा भएका हुन् ।


सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो । जिल्ला अदालतले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । शालिकराम आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आइतबार आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा रविसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । लामिछाने, कँडेल र कार्कीलाई प्रतिवादी बनाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको थियो । सरकारी वकिलका तर्फबाट तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!