तमु कलाकार संघद्वारा सल्लाहकार तथा आजीवन सदस्यलाई स्वागत

SHARE:

तमु कलाकारले समृद्धिको गीत गाउनुपर्छः सांसद गुरुङ

हुम तमु

पोखरा । तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेशको हालै निर्वाचित कार्यसमितिले मनोनयन गरिएका संस्थाका सल्लाहकार तथा आजीवन सदस्यहरुलाई पोखरामा स्वागत एवम सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा १० उत्तमचोकस्थित रोयल दिदीबहिनी किचनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद गायत्री गुरुङ र संघका अध्यक्ष सुरेन्द्र गुरुङले सल्लाहकारलाई फेटा, क्रमु, खादा र सल्लाहकारको प्रमाणपत्र र आजीवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेकी हुन् । कार्यक्रम दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएका प्रमुख अतिथि सांसद गुरुङले तमु कलाकारहरुले माया पिरतीको गित गाएर मात्रै हुँदैन अब समृद्धिको गीत गाउनुपर्ने बताए । राजनीतिक चेतना नभएकाले विगतमा धेरै माया पिरतीको गीत गाउँदै आए पनि अब मुलुक निर्माण सचेतताका साथ मुलुक निर्माण एवम समृद्धिका लागी गित गाउनुपर्ने उनको भनाई थियो। सुशी र समृद्ध प्रदेश बनाउन प्रदेश सरकार जुटिरहेकाले साझा अभियानमा तमु कलाकारले विशेष भुमिका निर्वाह गर्नेपर्ने उहाँको आग्रह थियो। संस्कृतिको विकासका लागि सरकारले प्रदेश प्रज्ञा प्रतिष्ठान, साँस्कृतिक ग्राम निर्माण गर्ने योजनामा कलाकारको साथ चाहिएको उनको भनाई थियो।

गण्डकी प्रदेश मौलिक लोक सँस्कृतिको फूलवारी समेत भएकाले यस प्रदेशको सबै कलाकारको नेतृत्व समेत तमु कलाकारले नै गर्नुपर्दछ सांसद गुरुङले भने । प्रमुख अतिथि गुरुङले भन्नुभयो, तमु कलाकार एक जुट हुनुस्, लोपोन्मुस सँस्कृतिक संरक्षणका लागि पहल गर्न पनि कलाकार राजनीतिक रुपले सचेत हुनु जरुरी छ, तर झोलै बोकेर हिड्नुपर्छ म भन्दिनँ । उनले आफु राजनीतिक क्षेत्रबाट क्रियाशिल रहीरहेकाले अहिले सामाजिक क्षेत्रका गतिविधी सिक्ने क्रम रहेको समेत बताए ।

कार्यक्रममा संघका सल्लाहकार तथा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले तमु भाषा लोप हुदै गएकाले भाषा प्रयोग गर्न आग्रह गर्दै तमु क्युईमा नै बोल्नुभएको थियो।आफ्ने मातृभाषा, भेषभुषा, सँस्कृतिको आफै प्रयोग नगरीकन तमु मौलिकताको संरक्षण र विकास हुन नसक्ने भन्दै उनले तमुहरुको एकताका जति नै नारा लगाइरहे पनि कलाकार र खेलाडीले एकता गर्न सक्ने दावी गरे। उनले दोहोरी गीत तमु जातिको भएकाले प्रमाणित गर्न तमु कलाकारहरुले अभियान संचालन गर्नुपर्दछ भने ।

संघका सल्लाहकार एवम् वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङले धन्यवाद व्यक्त गर्दै संस्था स्थापनादेखि अति नै उत्कृष्ठ कार्यक्रम र अभियानहरु गर्दै आएको बताउनुभयो। नवनिर्वाचित कार्यसमितिले विगतका अधुरा कार्यहरु पुरा गर्दै अघि बढ्न शुभकामना प्रकट गरे । संघका शंकर विराही गुरुङले संस्था स्थापनाको ऐतिहासिकताको चर्चा गर्नुहुदै विकास र समृद्धिको शुभेच्छा प्रकट गरे ।

तमु (गुरुङ) कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले तमु भाषा, सँस्कृति, संस्कार संरक्षण र विकासका लागि तमुहरुको मौलिकता खोज्न संग्रहालयमा जानुपर्ने अवस्था नआओस्, सबै तमुहरु सजग हुनुपर्ने उनको भनाई थियो। कलाकारीता क्षेत्रबाट मौलिकता संरक्षण र विकासका लागि जुट्ने तमुहरुको साझा संस्था भएकाले संस्थाको तर्फबाट सहयोग हुने र संघलाई पनि सघाउन आग्रह गर्नुभयो। यसैवर्षमा रोधी साँझ आयोजना गरी कोष स्थापनाका साथै उक्त कोषबाट कल्याणकारी कार्यहरु गर्ने संघको योजना रहेको अध्यक्ष गुरुङले बताए ।

तमु (गुरुङ) कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संघका महासचिव टसबहादुर गुरुङले सञ्चालन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष माधव गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। उक्त अवसरमा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने सहभागीहरुले सामुहिक नृत्यमा रमाएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!