एटा सम्वाददाता
रेडिङ । रेडिङ नेप्लिज भलिबल क्लबले आउँदो २० मे २०१८ का दिन तेस्रो रेडिङ भलिबल टुर्नामेन्टको आयोजना गर्ने भएको छ ।
रेडिङ्गका स्थानीय नेपाली युवाहरुको पहलमा भलिबल प्रतियोगिताको आयोजना गर्ने उद्देश्य अनुरुप क्लबको स्थापना गरिएको हो । सो क्लबले गत ३ वर्षदेखि प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
रेडिङ्गस्थित सिन्ट्रो पार्क एभिन्यूमा आयोजना गरिन लागेको भलिबल प्रतियोगितामा भाग लिनका लागि पुरुषतर्फ १५० पाउन्ड र महिलातर्फ १२० पाउन्ड टिम दर्ता शुल्क तोकिएको छ । पुरुषतर्फको विजेता टिमलाई १००० पाउन्ड नगदसहित ट्रफी प्रदान गरिने छ भने उपविजेतालाई ६०० पाउन्ड नगद पुरस्कार राखिएको छ । त्यस्तै, महिलातर्फको विजेता टिमलाई ५०० पाउन्ड नगद र ट्रफी, उपविजेतालाई ३०० पाउन्ड नगद पुरस्कार प्रदान गरिने आयोजकमध्येका एक मोहन कटुवालले जानकारी दिए ।
पुरुषतर्फ बढीमा १५ र महिलातर्फ ८ वटा टिम मात्र खेलाइने भएको हुँदा इच्छुक टिमहरुले समयमा नै सम्पर्क गरी आप्mनो सिट सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ । साथै, खेल हेर्न चाहने इच्छुक व्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिनुका साथै खेल मैदानमा विभिन्न खानाका स्टलहरु समेत राखिने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगिताको लागि प्रायोजन गरिदिन बेलायतस्थित विभिन्न व्यक्ति, व्यापारी, उद्यमी र संघसंस्थाहरुलाई अनुरोध गरिएको छ ।


