पोखरा । विशुद्ध तमु प्ये ताँ ल्हु ताँ बोनवादी तमुहरुको धार्मिक संस्था तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिको छैटौं महाधिवेशन भाद्र १५ गते तमु प्ये ल्हु संघ केन्द्रीय सभाहलमा सम्पन्न भएको छ ।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी टु तमुको प्रमुख आतिथ्यतामा सम्पन्न केन्द्रीय महिला समितिको १८औं वार्षिक साधारणसभा तथा छैटौं महाधिवेशनको निर्वाचन मण्डलमा केन्द्रीय समितिका महासचिव शान्ति पर्जु तमु, नागरिक संवाद केन्द्रका प्रमुख एवं अधिवक्ता जुना पर्जु तमु र कानुनी सल्लाहकार अधिवक्ता कर्ण ङोप्छे तमु रहेका थिए ।
पुष्पा तेंल्स्यो तमुको अध्यक्षतामा गठित २१ सदस्यीय नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा बुद्धिमाया लेम (क्रोम्छें) तमु, द्वितीय उपाध्यक्षमा सिद्धिकुमारी प्हच्यु (क्रोम्छें) तमु, महासचिवमा पूर्णिमा कुप्छें तमु, सचिवमा मन्जु तमुस्यो, सहसचिवमा सुकमाया तमुस्यो, कोषाध्यक्षमा शान्ति टु क्ल्हेप्री (प्हच्यु) तमु र सहकोषाध्यक्षमा थान माया ङोप्छे तमु चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा प्रेमकुमारी तमुस्यो (कास्की), मनकुमारी तमुस्यो (कास्की), ओशुभा तमुस्यो (कास्की), रमा तमुस्यो (कास्की), देउ कुमारी तमुस्यो (कास्की), मनु तमुस्यो (कास्की), देवी तमुस्यो (कास्की), चुमाया तमुस्यो (कास्की), बिबिमाया तमुस्यो (कास्की), अनिता ल्हों तमु (रोल्पा), कल्पना क्रोम्छें तमु (बर्दिया), मन कुमारी तमुस्यो (चितवन), पुष्पा क्रोम्छें तमु (नवलपरासी), गीता टु तमु (तनहुँ), बिजमाया तमुस्यो (लमजुङ), रहेका छन् भने अन्य सदस्यमा मनोनीत गर्न पाउने प्रावधानअनुसार म्याग्दी र कञ्चनपुरबाट पनि थप गरिने भएको छ ।






