सलमान–सञ्जयको चेपुवामा ‘इन्साअल्लाह’

SHARE:

ठिक पाँच महिनाअघि सलमान खानले ट्वीट गरेका थिए, ‘२० वर्ष भएछ । तर पनि म खुसी छु, सञ्जयलीला (भन्साली) र म अन्ततः नयाँ फिल्मसहित आउँदै छौं, इन्साअल्लाह ।’

सन् १९९९ मा ‘हम दिल दे चुके सनम’ पछि सलमान र सञ्जयको फिल्म ‘इन्साहल्लाह’ मा टिमअप हुँदै थियो । सलमानको अपोजिटमा खेल्ने भनिएकी आलिया भट्टका लागि भने निर्देशक र अभिनेता दुवैसँग पहिलोपटक सहकार्य हुँदै थियो । आलियाले खुसी हुँदै भनेकी थिइन्, ‘म नौ वर्षकी थिएँ, जब पहिलो पटक सञ्जयलीला भन्सालीको अफिस गएकी थिएँ । सपना साकार हुँदै छ ।’

तर यो खुसी पाँच महिना पनि टिकेन । यतिबेला ‘इन्साअल्लाह’ निर्माण स्थगित भएको घोषणा गरिएको छ । सलमान–सञ्जयबीचको उतार–चढावपूर्ण सम्बन्धले दुई दशकपछि पुनः हुन लागेको सहकार्यले मूर्त रूप लिन पाएन । सञ्जयले सलमानलाई फिल्मको पहिलो भाग मात्रै थाहा दिएर क्लाइमेक्स गोप्य राखेकोदेखि २०२० को ईदमा रिलिज गरिने सलमानको घोषणामा आपत्ति जनाउँदै उक्त मितिमा फिल्म ल्याउन नसक्ने बताएको भन्ने अड्कलबाजी गरिएको छ । ‘इन्साअल्लाह’ रोकिएपछि खानले भनेका छन्, ‘मेरो बारेमा यति धेरै नसोच्नुस्, म दिलमा आउँछु र ईदमा पनि ।’

अभिनेता सलमान र निर्देशक सञ्जयबीचको सम्बन्धमा आएको आरोहअवरोह यो पहिलो भने हैन । सञ्जयले सन् १९९६ मा फिल्म ‘खामोसी’ बाट निर्देशनमा डेब्यु गरेका थिए । जसमा सलमान र मनीषा कोइरालाले अभिनय गरेका थिए । त्यसपछि सञ्जयले दोस्रो फिल्म ‘हम दिल दे चुके सनम’ मा पनि सलमानलाई दोर्होयाए भने यसपटक अभिनेत्रीमा ऐश्वर्या रायलाई लिए ।

फिल्म सफल भयो । छायांकनकै क्रममा सलमानले फिल्मको इन्डिङमा ऐशले अर्का अभिनेता अजय देवगणसँग नगई आफूसँग आउनुपर्ने माग गरेपछि सम्बन्ध बिग्रियो ।

सञ्जयले ‘देवदास’ मा ऐश्वर्यालाई दोर्होयाए । पछि फेरि सम्बन्ध सुध्रिँदै गइरहेका बेला सञ्जयले ‘बाजिराव मस्तानी’ प्रोजेक्टका लागि ऐश्वर्या र सलमानलाई लिने मोटामोटी तय भएको थियो ।

तर दुवैको ब्रेकअपपछि सञ्जयले ऐशको रोल करिनालाई अफर गरे । तर जब सलमान र करिनाले ‘क्यूँकी’ साइन गरिदिए, सञ्जयले उक्त प्रोजेक्ट नै रोकिदिए । १२ वर्षपछि पुनः उक्त प्रोजेक्ट ब्युँताएका सञ्जयले यसपटक भने दीपिका पादुकोण र रनवीर सिंहलाई लिइदिए । यसले पनि सलमानलाई क्षुब्ध बनायो । निर्देशनमा सञ्जय चम्कँदै थिए, अभिनेतामा सलमानको जगजगी थियो । यस्तोमा दुईजना दुई ध्रुवमा सधैं बसिरहन सक्ने अवस्था पनि थिएन । त्यसैले कहिले सुध्रिए जस्तो देखिने र कहिले बिग्रिए जस्तो हुने गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!