सोनाक्षीलाई के मतलब

SHARE:

कलाकारलाई पनि सुख छैन । फ्यान फ्लोइङमा बढी रमाउने यो जमातका लागि सामाजिक सञ्जालमा चल्तीमा रहेको ट्रोल टाउको दुखाइ बनिरहेको छ । कलाकारले छिसिक्क केही गर्न पाएका हुँदैन, ट्रोल भाइरल बनिसक्छ ।

यसले नकारात्मक टिप्पणी गर्नेलाई मलजल मिल्दै गइरहेको छ । तर बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले भने आफूलाई ट्रोलले फरक नपार्ने बताएकी छन् ।

सोनाक्षी पछिल्लो समय ब्याकटुब्याक असफलताको घनचक्करमा फसेकी छिन् । उनका ‘अकीरा’, ‘तेवर’, ‘नूर’, ‘हृयाप्पी फिर भाग जाएगी’, ‘कलंक’ र ‘खानदानी सफाखाना’ ले बक्सअफिसमा खराब प्रदर्शन गरेका थिएरु। ‘ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ’ भनेझैं फिल्म असफल भएपछि सोनाक्षी पनि ट्रोलको खेदाइमा परिन् । जबकि ‘दबंग’ बाट नौ वर्षअघि बलिउडमा सानदार डेब्यु गरेकी यी अभिनेत्रीलाई त्यसपछिका उनका फिल्म ‘राउडी राठोर’, ‘सन अफ सरदार’, ‘दबंग २’ ले चुरीफुरी निकै बढाइदिएको थियो । ‘म कुनै पनि नकारात्मक कुराहरू र ट्रोललाई खासै ध्यानै दिन्न । बरु त्यसको बदलामा आफ्नो काममा ध्यान केन्द्रित गर्न रुचाउँछु,’ सोनाक्षीले भनेकी छन्, ‘कलाकारको मात्रै हैन, जोकोहीको जीवनमा पनि उतारचढाव आउँछ । एउटा सामान्य मान्छेले पनि यसको सामना गर्नुपर्छरु। तब न मान्छेको रूपमा विकास हुन्छ । ट्रोलर्स वा हेटर्स के भन्छन् ? म यसको मतलब राख्दिनँ । किनकि म आज यहाँ छुरु। उनीहरू त्यहींको त्यहीं नै छन् ।’ उनले आफूमा नकारात्मक टिप्पणीलाई बेवास्ता गर्न सक्ने खुबी रहेको दाबी गर्दै आफ्ना लागि काम महत्त्वपूर्णरहेको बताइन् ।

‘सकारात्मक रहनुस् र अघि बढ्नुस्,’ यति बेला ‘मिसन मंगल’ को सफलताले राहत पाएकी सोनाक्षीले आफ्ना फिल्म असफल भए पनि काम पाउन भने कमी नआएको बताउँदै यस वर्ष पनि चार–चार फिल्म प्रदर्शनको तयारीमा रहेको जानकारी दिइन । यति बेला भने उनी प्रभु देवा निर्दे्शित फिल्म ‘दबंग ३’ मा पुन: सलमान खानको अपोजिटमा देखिँदै छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!