खीमा रोका बेलायतमा

SHARE:

एटा संवाददाता
लन्डन । एबीसी टेलिभिजनबाट प्रसारित ‘इन्दे्रणी कार्यक्रम’का सहसञ्चालिका खीमा रोका मगर बेलायत आएकी छन् । देश विदेशका नेपालीलाई परिचित गराउने इन्द्रेणी कार्यक्रममार्फत लोकदोहोरी प्रसारण तथा प्रतिभा खोजीमात्र नभई असहाय एवं गरीबहरुलाई आर्थिक सहयोग जुटाउन काम गर्दै आएको छ ।

स्कटल्यान्डको दुईहप्ताको बसाईपश्चात् हाल फार्नबोरोमा बस्दै आएकी खीमाले बेलायतवासी नेपालीहरुको अनुरोधमा कार्यक्रम गर्ने बताएकी छन् । आलु मीठो ताराखोलाको, रोईला, नाच पुतली नाच, हिउँमा रुने बनायोजस्ता अनगिन्ती गीति एल्बम प्रकाशन गरिसकेकी छन् खीमाले ।

कोरिया, ओमन पुगेर बेलायत आएकी खिमा हङकङ र जापान जाने तयारीमा पनि छन् । गीत, संगीतको माध्यमबाट मानवीय सेवा पु-याएको ईन्द्रणी कार्यक्रमका सहयात्री भएकोले पनि उनलाई देख्ने भेट्ने थुप्रैको मनसाय देखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!