प्रधानमन्त्रीद्वारा इराकका प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान

SHARE:

बग्दाद । इराकका प्रधानमन्त्री आदेल अब्दुल महदीले वार्ताको आह्वान गरेका छन् । सरकारविरोधी प्रदर्शन बढ्दै गएपछि प्रधानमन्त्री महदीले आन्दोलनकारीसँग वार्ताका लागि आफू तयार रहेको बताएका हुन् । तीन दिनदेखि जारी विरोध प्रदर्शनले उग्र रुप लिन थालेपछि प्रधानमन्त्री महदीले वार्ताबाटै समस्याको समाधान गर्न आफू तयार रहेको बताएका हुन् ।

राजनीतिक संकट समाधानका लागि प्रधानमन्त्रीले आन्दोलनकारीसँग निरन्तर वार्ताको प्रयास गरेको जनाइएको छ । शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको भन्दै आन्दोलनकारीले सरकारविरोधी प्रदर्शनलाई तीव्र पारेपछि स्थिति तनावपूर्ण बन्दै गएको हो । (एजेन्सी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!