काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड वडादशैंको दिन मंगलबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद लगाइयो ।
पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटका लागि तोकेको थियो ।
दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन छ ।