एनआरएनए आईसीसी अध्यक्षमा जर्मनका पन्त, महासचिवमा बेलायतका शर्मा निर्वाचित

SHARE:

एटा संवाददाता
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले जर्मनका सफल नेपाली व्यवसायी कुमार पन्तलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

बेलायतका सफल नेपाली व्यवसायी कुल आचार्यलाई १४७ मतको अन्तरले पराजित गर्दै आगामी दुई वर्षका लागि पन्त अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी आचार्यले एक हजार ७० मत प्राप्त गरेका थिए । त्यस्तै, बेलायतको युनिभर्सिटी अफ लिभरपुलका सहप्राध्यापक रहेका बेलायत निवासी डा. हेमराज शर्मा महासचिवमा चयन भएका छन् । उनले ११३९ मत ल्याएका थिए भने बेल्जियमकी सफल व्यवसायी जानकी गुरुङले १ हजार ५३ मत ल्याएकी थिइन् ।
यसैगरी उपाध्यक्षमा रसियाका डा. बद्री केसी, बेल्जियमका अर्जुनकुमार श्रेष्ठ, अस्टे«लियाका मन केसी र अमेरिकाका सोनाम लामा विजयी भए । महिला उपाध्यक्षमा अमेरिकाकी रविना थापा विजयी भएकी छन् ।

सचिवमा गौरीराज शर्मा, आरके शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल, महिला संयोजकमा शोभादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ चयन भएका छन् ।

त्यस्तै, क्षेत्रीय संयोजक (अफ्रिका) मा रोशन थापा, क्षेत्रीय महिला संयोजक (अफ्रिका) मनकला थापा विष्ट, क्षेत्रीय संयोजक (अमेरिकाज) मा राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक (अमेरिकाज) मा रामसी पोखरेल, क्षेत्रीय महिला संयोजक अमेरिका) मा उमा कार्की थापा, क्षेत्रिय युवा संयोजक (अमेरिकाज) मा विमला सापकोटा, क्षेत्रीय संयोजक (एशिया प्रशान्त) गोविन्द श्रेष्ठ, क्षेत्रीय उपसंयोजक (एशिया प्रशान्त) खगेन्द्र न्यौपाने, पारशमणि पोखरेल, क्षेत्रीय महिला संयोजक (एशिया प्रशान्त) अमृता थापा, क्षेत्रीय युवा संयोजक (एशिया प्रशान्त) दीपकप्रसाद कँडेल, क्षेत्रीय संयोजक (मध्यपूर्व) मा प्रविण गुरुङ, क्षेत्रीय उपसंयोजक (मध्यपूर्व) मा मनोजकुमार श्रेष्ठ, राजेन्द्र अर्याल, क्षेत्रीय महिला संयोजक (मध्यपूर्व) सुमित्रा देवी पौडेल र क्षेत्रीय युवा संयोजक (मध्यपूर्व) मा राजु रेग्मी चयन भएका छन् ।

एनआरएनए क्षेत्रीय संयोजक (युरोप) मा नारायणप्रसाद आचार्य, क्षेत्रीय उपसंयोजक (युरोप) मा कृष्णप्रसाद तिमिल्सेना, मुक्तबहादुर गुरुङ र शुक्रराज न्यौपाने, क्षेत्रीय महिला संयोजक (युरोप) कुमारी योगिता थापा, क्षेत्रीय युवा संयोजक (युरोप) जयकृष्ण ठाकुर, क्षेत्रीय संयोजक (ओसियाना) मा हेमराज पाण्डे, क्षेत्रीय उपसंयोजक (ओसियाना) नवीन कँडेल, क्षेत्रीय महिला संयोजक (ओसियाना) जानकी पौडेल, क्षेत्रीय युवा संयोजक (ओसियाना) राजकुमार थपलिया चयन भएका छन् ।
निर्वाचनमा करिब दुई हजार ३०० मत खसेको थियो । गत १५–१७ अक्टोबरसम्म काठमाडौंको चाबहिलस्थित हायात होटलमा संघको नवौं विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको हो । कुल ४१ पदका लागि भएको निर्वाचनमा ७६ प्रतिस्पर्धी थिए । तीन दिनसम्म चलेको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी भएका थिए ।

बेलायतका डा. शर्मा महासचिव र तिमिल्सेना युरोप उपसंयोजकमा निर्वाचित
सन् २००३ अक्टोबर ११ तारिकका दिन बेलायतबाटै गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको महासचिवमा बेलायतकै डा. हेमराज शर्मा र युरोप उपसंयोजकमा कृष्ण तिमिल्सेना निर्वाचित भएका छन् । अहिले बेलायतमै जन्म भएको एनआरएनएको ८३ वटा देशमा सञ्जाल फैलिएको छ । यसपटक सबभन्दा बढी सदस्यता बनाएको र अध्यक्षका प्रत्यासीसमेत बेलायतबाट भएकाले पनि एनआरएनए यूके निकै चर्चामा रह्यो । बेलायतमा १ लाख भन्दा बढी नेपालीहरुको बसोबास रहेको विश्वास छ । र, बेलायतमा अधिकांश नेपालीहरु स्याथी रुपमा बसोबास गर्दै आएका पनि छन् । यतिधैरै नेपालीहरुको प्रतिनिधित्वका लागि अध्यक्षमा कुल आचार्य, महासचिवमा डा. हेमराज शर्मा, सचिवमा सुष्मा राई र विनय अधिकारीले उम्मेदवारी दिएका थिए । एनआरएनए महिला संयोजकमा संगिता मरहट्टा र युरोप उपसंयोजकमा कृष्ण तिमिल्सेनाले उम्मेदवारी दिएका थिए । सोमध्ये महासचिवमा डा. शर्मा र युरोप उपसंयोजकमा तिमिल्सेनाले विजय हासिल गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!