सडकमा विमान झर्दा ३ को मृत्यु

SHARE:

रियो डे जेनेरो । ब्राजिलको बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको यस दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

इन्जिनमा समस्या आएपछि राजधानी सहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो । विमानले सडकमा गुडिरहेका तीनओटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शीहरुकाअनुसार यस विमान विस्फोटमा परी चारओटा गाडी पूर्णरुपले क्षतिग्रस्त भएका छन् विमानमा एक चालक र तीन यात्री सवार थिए ।

विमानका एक व्यक्ति, कारका एक र एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानका तीन र एक कारयात्री घाइते भएका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालको भनाइ उद्धृत गर्दै स्थानीय अधिकारीहरुले बताएका छन् ।

इल्हेअस सहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो । यसै वर्ष ब्राजिलको यही क्षेत्रको सडकमा दुईओटा विमान दुर्घटना भइसकेका छन् । रासस/सिन्ह्वा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!