
एटा संवाददाता ।
लण्डन । सयपत्री नेपाली कल्चरल ग्रुपले आयोजना गर्न लागेको सयपत्री दिपावली साँझ–२०१९ मा प्रस्तुति दिनका लागि नेपालका वरिष्ठ कलाकारहरु भिम पौडेल र सिर्जू अधिकारी बुधबार बिहान लण्डन आईपुगेका छन् । उनीहरुलाई स्वागत गर्न कल्चरल ग्रुपका पदाधिकारीहरु एयरपोर्ट पुगेको थिए । उनीहरुले सयपत्री दिपावली साँझमा विभिन्न गीतहरु प्रस्तुत् गर्ने छन् । अत्यन्त मिठो स्वर संगसंगै नयाँ लयमा आफ्नो कला प्रस्तुत् गर्दै आएका गायक पौडेल र अधिकारी अहिले दर्शक तथा श्रोताहरुको मनजित्न सफल कलाकारहरु हुन् । त्यस्तै, बेलायतवासी गायक मनसुधन थापाले समेत आफ्नो कला प्रस्तुत् गर्ने भएको छ । उनीहरुले आउने शनिबार २६ अक्टोबरका साँझ वकिङ्गस्थित टाउन हलमा आयोजना हुने दिपावली कार्यक्रममा आफ्नो बिशेष प्रस्तुति दिनेछन् ।
बेलायती भूमिमा नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा संरक्षण गर्ने उद्देश्य अनुरुप स्थापना भएको सयपत्री नेपाली कल्चरल ग्रुपले थुप्रै साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । साथै, उक्त कार्यक्रममा समेत उपस्थित भई साँस्कृतिक पर्व तिहार संगै मनाउन ग्रुपका संस्थापक अध्यक्ष एलबि गुरुङले अनुरोध गरेका छन् । 






