सहारा क्लब पोखराको भैलो कार्यक्रम सम्पन्न, ७ लाख ६९ हजार संकलन

SHARE:

पोखरा । सहारा क्लब पोखराले दिपाबली तथा तिहारका अबसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रम ३ पछि सम्पन्न गरेको छ ।

सहारा क्लब पोखराद्वारा संचालित सहारा एकेडेमीको संचलानर्थ सहारा क्लबले हरेका वर्ष दिपाबली तथा तिहारका अबसरमा देउसी भैलो कार्यक्रम गर्दै आइरहेको छ । सोही कार्यक्रम अन्तरगत यस वर्ष समेत देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए ।

देउसी भैलो कार्यक्रमा उठेको सम्पूर्ण रकम सहारा एकेडेमीमा आश्रित कठिन परिस्थितीका २५ जना बालकहरुका भरणपोषण र शिक्षाका लागि खर्च गरिने अध्यक्ष थापाले बताए । ‘क्लबको स्थापनाकाल देखिनै यसरीनै भैलो खेल्दै संकलित रकम बाट पोखराको सामाजिक र खेलकुद क्षेत्रमा खर्च गर्दै आएका छौं’ अध्यक्ष थापाले भने–‘जती रकम संकलित हुन्छ त्यसको हामी एकेडेमीका बालकहरुका लागि खर्च गर्नेछौं ।’

सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा फुटबल प्रतियोगिता र देउसी भैलो कार्यक्रम वार्षिकरुपमा रकम संकलन गर्ने मध्येका कार्यक्रम रहको क्लबका महासचिब रामजी अधिकारीले बताए । ‘हाम्रो यो वार्षिक कार्यक्रमको निरन्तरता हो’ उनले भने–‘संकलित रकमको प्रयोग समेत हामीले क्बलको उद्धेश्य संग जोडिएको सहारा एकेडेमीका बालकहरुका लागिनै हो ।’

यस वर्षको देउसी भैलो कार्यक्रम बाट ७ लाख ६९ हजार ४ सय ११ रुपैया संकलन समेत भएको महासचिब अधिकारीले जानकारी दिएका छन ।। देउसी भैलो कार्यक्रममा सांस्कृतिक टोली सहित क्लबका पूर्व अध्यक्ष बिरभद्र आचार्य तथा अन्य पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!