डीबीसी यूकेको व्यवस्थापनमा ‘जम्बला’सम्पन्न

SHARE:

लन्डन । नेपालीहरूको महान् चाड तिहारको लक्ष्मी पूजाको तिथि पारेर जम्बला (धन, सहको पूजा अर्थात् लक्ष्मीको पूजा) भव्यता साथ सम्पन्न भएको छ ।

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको व्यवस्थापनमा २७ अक्टुबरका दिन प्लमस्टिड कमन, लन्डनस्थित वोर्किङम्यान क्लबहलमा जम्बला गरिएको हो । नेपालबाट आएका श्रद्धेय गुरु खेन्पो शिरलम गुरुङद्वारा पूजा तथा प्रवचन कार्यक्रम सम्पन्न गरेका थिए । गुरुद्वारा नेपाली बौद्ध धर्मावलम्बी बाहुल्यता रहेको दक्षिणपूर्व लन्डनमा बौद्धगुम्बा निर्माण कार्यमा लागेको डायमन्ड बुद्धिस्ट सेन्टर यूके परिवारलाई धन्यवाद ज्ञापन गर्दै कर्म र पुण्यबारे प्रवचन दिएका थिए ।

धेरै कार्यक्रम जुधेर सहभागी न्यून रहे तापनि पूजा प्रवचन अत्यन्त सफल रहेको आयोजकको दाबी छ । उपाध्यक्ष हितमान गुरुङले सहभागी सबैलाई स्वागत मन्तव्य दिएका थिए । औपचारिक कार्यक्रम योगेश गुरुङले सञ्चालन गरेका थिए ।
सुरुमा गुरु खेन्पो शिरलम गुरुङलाई गुम्बाको मूल गुरु स्थापनाका लागि बौद्धधर्मको परम्पराअनुसार संस्थाका अध्यक्ष सुमलकुमार गुरुङ लगायत पदाधिकारीले कुसुम मण्डला अर्पण गरेका थिए । गुरुले सहर्ष ग्रहण गरी मूलगुरुको कार्यपद्धति र व्यवस्थापन समितिको कामकुरा सम्बन्धी प्रवचनको क्रममा सम्बोधन गरेका थिए । कार्यक्रमको दौरान श्रद्धेय गुरुबाट काजी गुरुङ तथा श्रीमती पार्वती गुरुङ, क्या.रि. नारायणबहादुर गुरुङ, एमभिओ, श्रीमती चन्द्रदेवी गुरुङ लगायत संस्थाका ट्रस्टी र आजीवन सदस्य लिएका व्यक्तित्वहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

संस्थाका महासचिव योगेश गुरुङ र उनका धर्मपत्नी तिब्बतस्थित कैलाश, तिब्बतको सबैभन्दा पहिले स्थापित भएको सामे गुम्बा र अन्य धार्मिक स्थलहरू तिर्थाटन गरेर आएको उपलक्ष्यमा गुरुबाट खादा ओढाएर पुष्पगुच्छासहित स्वागत सम्मान गरिएको थियो ।

अध्यक्ष सुमलकुमार गुरुङले कार्यक्रमको अन्तमा सम्बोधन गर्दै कार्यक्रम सफल पार्न अहोरात्र खटेका आमा समूह, व्यवस्थापन टिमलाई धन्यवाद ज्ञापन गरे । गुरु खेन्पो शिरलम गुरुङले मूल गुरुको जिम्मेवारी सहर्ष स्वीकार गरेर संस्थाबाट निर्माण हुने गुम्बाको जिम्मा लिएकोमा धेरै कृतज्ञता र आभारसहित धन्यवाद व्यक्त गरेका थिए ।

त्यसैदिन गुरुङ लामा बौद्धधर्म समाज नेपालका अध्यक्ष खेन्पो शिरलम गुरुङ र डीबीसी यूकेबीच करारनामामा हस्ताक्षर गर्ने साइत पनि जुरेको थियो । विद्वान् गुरु, श्रद्धेय खेन्पो शिरलामा गुरुङबाट संस्थालाई १ हजार ५ पाउन्ड सहयोग प्राप्त भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!