तमु प्ये ल्हु संघ यूकेको कल्याणकारी रात्रिभोज सम्पन्न

SHARE:

एटा संवाददाता
लन्डन । तमु प्ये ल्हु संघ यूकेको आजीवन सदस्य च्यारिटी डिनर सम्पन्न भएको छ ।

अम्पायर हल अल्ल्डरसटमा शनिबार २ नोभेम्बरका दिन संघकै अध्यक्ष मेजर खुसीमान (रिटायर्ड) खुसीमान ल्हेंगेको अध्यक्ष्यता र प्रोफेसर नारायण ल्हेंगे तमुको आतिथ्यमा कल्याणकारी रात्रिभोज सम्पन्न भएको हो । भोजको संयोजन संघकै द्वितीय उपाध्यक्ष बुद्धि क्रोम्छे तमुले गरेका थिए भने महासचिव खेम सर्बुजा तमुले कार्यक्रमलाई औपचारिक तबरले सञ्चालन गरेका थिए । डिनर पार्टीमा टेबल, कोइबो धिं र अन्य सजावटमा तमु प्ये ल्हु संघ यूकेको आमा समूहको ठूलो हात रहेको त्यस दिनमा कार्यक्रमलाई लाइभ प्रसारण गर्नेदेखि रात्रिभोजको डिजे गर्ने काम मिडिया सहसंयोजक भवानी चमरुले गरेका थिए ।

दिनको करिब २ बजे रात्रिभोजको हल तयारीमा संघका अध्यक्ष लगायत संघका च्यारिटी डिनरमा कार्यरत सबै साथीहरुको आगमनमा सजिसजावट सकिएको थियो । संघमा आबद्ध आजीवन सदस्यहरुको क्रमशः आगमनपश्चात् च्यारिटी डिनरका मुख्य अतिथि संघकै बिशेष सल्लाहकार प्रोफेसर नारायण ल्हेंगेको बेलुकाको झन्डै ६ बजे आगमन भएको थियो । उनको आगमनमा संघका दिदीबहिनी, दाज्युभाइ, आमाबुबा सम्पूर्णले उभिएर गडगडाहट तालीको साथमा भव्य स्वागत गरेका थिए । त्यसपछि कार्यक्रमको औपचारिकताअनुसार संघका महासचिव खेम सर्बुजाले कोहिंबो धिंको सिम्बलमा अध्यक्ष मेजर (रिटायर्ड) खुसीमान ल्हेंगे एमभीओ, प्रमुख अतिथि प्रोफेसर नारायण ल्हेंगे, प्रमुख सल्लाहकार लेफ्टिनेन्ट (रिटायर्ड) मदन प्ल्हें, क्ल्हेप्री चिब दानबहादुर म्होब्छे र पच्यु जित क्रोम्छेले पानसमा दिप प्रज्वलन साथै कोइबो धिंको सिम्बलमा धुप हालेर क्ल्हेसोंदी प्रेसोंदीलाई प्रार्थना गरेका थिए । लगत्तै नेपाली राष्ट्रिय गान, यूकेको राष्ट्रिय गान र बोन तमु प्रार्थना सबैले उभिएर गरेका थिए ।

च्यारिटी डिनरका संयोजक, द्वितीय उपाध्यक्ष बुद्धि क्रोम्छेले स्वागत मन्तव्य साथै स्वास्थ्य तथा सुरक्षाको बारेमा जानकारी दिए भने मनोरञ्जन आइसी जुम टु क्ल्हेप्रीले सिर्जना चमरु (तमु प्ये ल्हु संघ यूकेका युवा दूत) साथै दृश्य ल्हेंगे र कविना तोर्जेलाई सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाउन आग्रह गरे । सांस्कृतिक कार्यक्रममा कमला क्रोम्छे, टिका क्रोम्छे, दिल ङ्गोरा, प्रिथि पह्च्यु, बिष्णु टु क्ल्हेप्री (आमा समूह अध्यक्ष), कुलबहादुर पच्यु, सुप्रिया तमुस्यो, सुजीता तमुस्यो, ओशिन तमुस्यो, पौल तमु र अवस्था तमुले विभिन्न गीतमा नाचेर मनोरञ्जन दिलाए । पुरुषतर्फ एकल गायनमा विशाल पच्यु र खमिरजंग केप्छेले सबैलाई मन्त्रमुग्ध पारे ।

तमु प्ये ल्हु संघ यूकेको सामुदायिक भवन तथा कोहिंबो धिं संयोजक क्याप्टेन (रिटायर्ड) डेमबहादुर योजले हालैमा रिडिङ्गमा किन्न लागेको जग्गाको मूल्य र भवन निर्माण खर्चबारेमा जानकारी दिए भने सल्लाहकार इन्जिनियर विजय तोर्जेले सामुदायिक भवन साथै कार पार्किंगको आकर्षक नक्सा प्रस्तुत गरे । रात्रिभोजमा विविध सांस्कृतिक कार्यक्रमसहितको कार्यक्रममा सामुदायिक भवन तथा कोहिंबो धिं निर्माणका लागि सहयोगदाताहरुलाई फेटा, क्रमु र प्रशंसा पत्र र नेपालबाट यूके भ्रमणमा आएका तमु प्ये ल्हु संघ कास्कीका सदस्य मोमप्रसाद क्रोम्छे (मिलन) तमु र उनका धर्मपत्नी नरशोभा योज तमु (बत्ति) लाई फेटा, क्रमु ओढाएर स्वागत सम्मान गरिएको थियो ।

सल्लाहकार तथा सामुदायिक भवन तथा कोहिंबो धिं समितिका सचिव भेगलाल चखाली प्रमाण पत्र तयारी र चन्दादाताहरुको नामावली प्रोजेक्टरमा देखाउन अति व्यस्त देखिन्थे । सहसचिव याम ल्हों को रेकर्डअनुसार रात्रिभोजमा ७ जना नयाँ आजीवन सदस्य बनेर तमु प्ये ल्हु संघ यूकेमा जम्मा ९६० सदस्य पुगेको छ भने सामुदायिक भवन तथा कोहिंबो धिंका कोषाध्यक्ष क्याप्टेन (रिटायर्ड) दुदमान पोमको टिप्पणीअनुसार सामुदायिक भवन तथा कोहिंबो धिं निर्माणको लागि विभिन्न सहयोगी दाताहरुबाट त्यसदिनको रात्रिभोजमा १५ हजार २९४ पाउन्ड संकलन गर्न सफल भएको छ ।

रात्रिभोजमा विभिन्न वक्ताहरुमा क्याप्टेन देवराज ङ्गोेप्छेले प्ये ता ल्हु ता यानेकि तमुशास्त्र र संस्कृतिका कुरा र खेगी गुरुहरुको संसक्षण नगर्ने हो भने तमुहरुको पहिचान बिस्तारै हराउँदै जान सक्ने भन्दै सबै मिलेर यसको संरक्षण र संवद्र्धन गर्न नितान्त जरुरी रहेको बताए । क्याप्टेन (रिटायर्ड) फत्त प्ल्हेंले जबसम्म नवयुवा समूहलाई आफ्नै बाबा आमा, दाज्युभाइ, दिदीबहिनीबाट तमुहरुको धर्म, भेषभुषा, भाषा, संस्कृतिप्रति हौसला प्रदान हुँदैन, तबसम्म युवाहरु यसप्रति आकर्षित नहुने टिप्पणी गरे । त्यस्तै प्रमुख अतिथि प्रोफेसर नारायण ल्हेंगेले तमुहरुको पहिचान भनेकै शास्त्र, संस्कार, संस्कृतिलाई बचाइराख्नु हो भन्दै त्यसका लागि सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए ।

तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर (रिटायर्ड) खुसीमान ल्हेंगे एमभीओले संघको ३ वटा परियोजनाहरु सामुदायिक भवन तथा कोहिंबो प्रोजेक्ट, खेगी संरक्षण र युवा जागरणबारेमा संघका सम्पूर्ण आजीवन सदस्यहरुको सामूहिक प्रयासले मात्र सम्भव रहेको बताए । संघमा सदस्यता ग्रहण गरेर मात्र कर्तब्य पूरा नहुने र संघका ३ परियोजनालाई सफल पार्न सबै एक हुन पर्ने बताए । हरेक वर्षजस्तै यस वर्ष पनि च्यारिटी डिनर पार्टी आयोजना गरेर तमु प्ये ल्हु संघ यूकेले अर्थ संकलन गर्न, संघप्रति आबद्ध, चन्दादातालाई सम्मान गरेर आजीवन सदस्यहरुको हौसला बढाउने काम, आजीवन सदस्य संख्या बढाउने काम, एक आपसमा भातृ सम्बन्ध कायम राख्न र संघलाई अगाडि बढाउने काम गर्न सफल भएको पनि अध्यक्षले बताए ।
अन्त्यमा, रात्रिभोजका संयोजक बुद्धि क्रोम्छेले आजीवन सदस्यको कल्याणकारी रात्रिभोजमा सहभागी सबैलाई सौहार्दपूर्ण वातावरणमा रात्रिभोज सम्पन्न गराउन मद्दत पुर्‍याएको भन्दै धन्यवादसहित रात्रिभोज कार्यक्रमको समापन गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!