थप शुल्क लिने मेडिकल कलेजहरुको तत्काल सम्बन्धन खारेज गर्न माग

SHARE:

काठमाडौँ । प्रा.डा. गोविन्द केसीले तोकिएको भन्दा थप शुल्क लिने मेडिकल कलेजहरुको तत्काल सम्बन्धन खारेज गर्न सरकारलाई आग्रह गरेका छन् । मेडिकल कलेजहरुले विद्यार्थीहरुसित धेरै शुल्क लिएर करोडौं रुपैयाँको कालोबजारी गरेको भन्दै केसीले कारबाहीका लागि सरकार र सबै सम्बन्धित निकायहरुलाई आग्रह गरेका हुन् ।

प्रा.डा. केसीले मंगलबार विज्ञप्ति निकालेर मेडिकल कलेजहरुको सिन्डिकेटमाथि तत्काल कडा कारबाही गर्नुपर्ने भन्दै यसमा सरकारले गैरजिम्मेवारपन देखाइरहेको आरोप लगाए । ‘मेडिकललगायत समग्र शिक्षा क्षेत्रमा विसंगति र अपराध रोक्ने जिम्मा पाएको शिक्षा मन्त्रालय तथा सरकारले कालोबजारी गर्नेहरुलाई दण्डित गर्नुको सट्टा मौनदर्शक बनिदिँदा अवैध क्रियाकलापहरुले प्रोत्साहन पाएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस्तो गैरजिम्मेवारपन अब नदोहोरियोस् र कालोबजारी गर्ने निजी मेडिकल कलेजहरुको सिन्डिकेटमाथि तत्काल कडा कारबाही होस् भन्ने हाम्रो माग छ ।’

उनले यातायात क्षेत्रको सिन्डिकेटमा जुसरी सरकार मेडिकल माफियाहरुको सिन्डिकेटविरुद्ध उभिनु पर्नेमा जोड दिएका छन् । उनले चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्न पनि माग गरेका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!