स्वर्णको सान

SHARE:

दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले उल्लेख्य प्रगति गरेको छ । विगतको तुलनामा यसपटक स्वर्ण पदक प्राप्त गर्ने खेलाडीको संख्या नै ह्वात्तै बढेको हो । यसले नेपालको सान, मान र इच्जतलाई उच्च बनाइदिएको छ ।

त्यस्तै, नेपालले खेलकुद क्षेत्रमा गरेको प्रगतिलाई सन्तोषजनक मान्न सकिने देखिएको छ । खेल क्षेत्रमा देखिएको यो उच्च प्रगतिको सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् । प्रगतिको यो रुपलाई आशातित मान्न सकिन्छ । त्यसैले पनि खेल क्षेत्रमा नेपालले फड्को मारेको प्रस्ट भएको छ । नेपालले यसपटक ५१ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ । पहिलो स्थानमा भारत छ । उसले १७४ स्वर्ण ल्याएर फराकिलो पहिलो स्थान दर्ज गरेको छ । हुन त पहिलादेखि नै भारतले पदक जित्ने पहिलो मुलुक बन्दै आएकै हो । यसपटक भने विगतको भन्दा नेपालको स्थान दरिलो बनाउँदै दोस्रो स्थान कायम गरेको छ ।

त्यस्तै, श्रीलंकाले ४० स्वर्ण हात पारेको छ भने पाकिस्तानले ३१ स्वर्ण प्राप्त गरेको छ । विगतमा तेस्रो चौथो स्थानमा रहने नेपालले यसपटक भने दोस्रो स्थान हासिल गरेको छ । आफ्नो होम ग्राउण्ड भएकाले पनि यो उपलब्धि भएको हो भन्ने खेलकुद क्षेत्रका विज्ञहरुको बुझाई छ । यसले नेपालको इज्जतलाई उँचो राख्न मद्दत मिलेको छ ।

सागमा प्राप्त गरेको उपलव्धीले नेपाल खेल क्षेत्रमा सशक्त बन्दै गएको पुष्टि त भयो तर खेल क्षेत्रमा देखिएका विकृति विसंगति हटाउन भने यथेष्ट पहल हुन सकेको छैन । खेल क्षेत्रमा सरकारले पर्याप्त मात्रामा लगानी नगर्नु, पूर्वाधार तयार नहुनु, खेलाडीका लागि पर्याप्त पोषण, तालिमहरुको उपलव्धता नहुनुले पनि यो उपलव्धी हासिल हुने कुरा भने चानचुने विषय रहेन ।

कतिपय खेलाडीले तीन ठाउँमा टालेको जुत्ताले खेल खेलेको, कतिपयले अरुको साधनले गेम खेल्नुपरेको गुनासाहरु आइरहेका छन् । मागेर चलाएको सामग्रीले पनि खेलमा स्वर्ण ल्याउँदा जति खुशी हुनुपर्ने त्यो हुनुपर्ने हो त्यसो हुन सकेको छैन । खेल क्षेत्रमा देखिएका यस्ता विषयलाई शूक्ष्म रुपमा बुझ्ने र मनन गर्ने काम गर्नु उचित हुन्छ । त्यसैले पनि खेल क्षेत्रमा देखिएका कतिपय लगानी बालुवामा पानी भएका छन् । भविष्य सुनिश्चित हुने खालका लगानी बढाउने काम गर्न सकियो भने पक्कै पनि यसले खेल जीवनबाट नेपालको शाख बढाउने पक्का छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!