एटा संवाददाता
लन्डन । बिजुली र ग्यास वितरण गर्दै आएको जीनर्जीले नेपाली कम्युनिटीका लागि नयाँ स्किम बाहिर ल्याएको छ । यसअघि अपरेसन मेनेजरको रुपमा रहेका मेग गुरुङले नेपाली कम्युनिटीसँग समन्वय गर्ने जिम्मेवारी पाएसँगै नेपाली कम्युुनिटीलाई सहयोग गर्ने उद्देश्यअनुरुप नयाँ स्किम बाहिर ल्याएका हुन् ।

उनका अनुसार कुनै पनि कम्युनिटीमार्फत कम्तीमा १० वटा घरले बिजुली र ग्यासको ग्राहक बनेमा प्रतिघर २० पाउन्डको दरले वार्षिक २०० पाउन्ड पाउनेछन् । सोहीअनुसार ग्राहक संख्याको आधारमा रकम वृद्धि हुँदै जानेछ ।
जीनर्जीले ब्रोकरलाई दिँदै आएको रकम सिधै नेपाली कम्युनिटीलाई दिएमा कम्युनिटी पनि आफ्नो उद्देश्यमा अघि बढ्न सहयोग हुने विश्वासका साथ सो नयाँ योजना बजारमा ल्याइएको गुरुङ बताउँछन् । आफूहरुले कम्युनिटीलाई मात्र होइन, सम्बन्धित ग्राहकलाई समेत सुरुमा ५० पाउन्डको क्रेडिट उपलब्ध गराउँदै आएको र सँगसँगै बजार भाउमा समेत अरु इनर्जीको तुलनामा सस्तो हुने गुरुङको भनाइ छ ।

प्रतिघर वार्षिक २० पाउन्ड प्रदान गर्ने योजना सानो देखिए तापनि कुनै पनि संस्थामार्फत एक हजार घर ग्राहक बनेको अवस्थामा प्रत्येक वर्ष सो संस्थाले २० हजार पाउन्ड पाउने छन् । जसबाट नेपाली कम्युनिटीले अझ च्यारिटीमा थप सहयोग गर्न सक्ने विश्वास लिइएको छ ।
जीनर्जी भूतपूर्व ब्रिटिस गोर्खाजहरुको सक्रियतामा सन् २०१३ सालमा स्थापना गरेको सम्भवतः पहिलो नेपालीहरुले सञ्चालन गरेको इनर्जी कम्पनी हो । जीनर्जीले कम्पनी स्थापना भएको ६ वर्षमा २२ जना नेपाली फ्रेस ग्रेज्यूयट (भाञ्जाभाञ्जी) लाई रोजगार प्रदान गरेको छ भने करिब २० हजारभन्दा बढी मिटर पोइन्ट जोडेर थुप्रै ग्राहक बनाउन सफल भएको छ । त्यस्तै, जीनर्जीले आफ्ना ग्राहकहरुको सेवा, सुविधा र फाइदालाई ध्यानमा राखेर विभिन्न कम्पनीहरुसँग सहकार्य गरेको समेत जनाइएको छ । जसअनुसार हालै होम ट्रिसँग पहिलो समझदारी भएको छ । जसले प्रतिस्पर्धात्मक दरमा ग्यास बोइलर सर्भिस र होम कियर इन्स्योरेन्स गर्दछ । सँगसँगै ७५ पाउन्डको एमाजन भौचरसमेत प्रदान गर्नेछ ।
बेलायतका अधिकांश शहरमा सेवा उपलब्ध गराउन सकिने जीनर्जीमा अंग्रेजी, नेपाली र हिन्दी ३ भाषामा कुरा गर्न सकिने छ । त्यस्तै, जीनर्जीको नयाँ स्किमबारे बुझ्न चाहेमा ०१२५२४९४१४१ फोन नम्बर वा community@gnergyuk.com ईमेलमार्फत सम्पर्क गर्न सकिने छ । त्यस्तै, विस्तृत जानकारीका लागि www.gnergyuk.com मा जान सकिने छ ।






