हृदयघातका कारण नेपाली पूर्वराजदूत मुरारीराज शर्माको निधन

SHARE:

लन्डन । हृदयघातका कारण बेलायतका लागि नेपालका पूर्वराजदूत मुरारीराज शर्माको निधन भएको छ ।
लन्डन पट्‌नी निवासी ६८ वर्षीय शर्माको मंगलबार बिहान पौने ११ बजेतिर घरमै निधन भएको हो ।

मर्निङ वाक गरी घर फर्किएर ब्रेकफास्ट खाएको केही समयपछि उनको निधन भएको शर्माका आफन्त एवं दूतावासका पूर्वकर्मचारी अनिल अधिकारीले जानकारी दिए ।

शर्माको शव अहिले लन्डन टुटिङस्थित सेन्ट जोर्ज अस्पतालमा राखिएको छ । छोराहरु अमेरिकाबाट आएपछि अन्त्येष्टि कहाँ गर्ने भन्नेबारे टुंगो लाग्ने अधिकारीले बताए ।

शर्मा श्रीमती निलाका साथ लन्डनमा बस्थे । उनका दुई छोरा अमेरिकामा चिकित्सक छन् । उनको स्थायी घर भोजपुरको दिङ्ला हो ।

सन् २००७ नोभेम्बर देखि २००९ अप्रिलसम्म शर्मा लन्डनस्थित नेपाली दूतावासमा १८ औं राजदूतका रुपमा कार्यरत थिए । २२ फेब्रुअरी, २००८ मा उनले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्युयोर्कमा समेत काम गरे ।

पूर्व परराष्ट्र सचिव शर्माले अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरेका थिए । सन् १९७७ मा निजामती सेवा प्रवेश गरेका शर्मा सन् १९९२ देखि परराष्ट्र मन्त्रालयमा थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!