एटा संवाददाता
कोने/घोताने/घोण्डे तमु समाज युकेले वार्षिक भेलाको आयोजना गर्दै विविध साँस्कृतिक कार्यक्रमका साथ माघे संक्रान्ति मनाएका छन् । गत १८ जनवरीका दिन अल्डरसटस्थित एम्पायर हलमा छोरी तथा ज्वाइँहरुलाई बिशेष निमन्त्रणा गरी संक्रान्ति मनाएको हो ।

समाजका ९२ वर्षीय जेष्ठ नागरिक सिंहबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा परम्परानुसार तरुल, सखरखण्ड, सातु आदि परिकार लगायत भोजनको व्यवस्था गरिएको थियो ।
कार्यक्रममा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ, डेपुटी मेयर लक्ष्यबहादुर गुरुङ, आईसीसी सदस्य भक्त गुरुङ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
करिब ५०० जनाको उपस्थिति रहेको कार्यक्रममा समाजका अध्यक्ष ले.रि. चन्द्र गुरुङले संस्थाको गतिविधिहरु जानकारी गराउँदै समाजको उत्थानमा छोरीचेलीहरुको बिशेष भूमिका रहँदै आएको स्मरण गरे । त्यस्तै, बाबुकाजी गुरुङले कोनेहरुको वंशावलीसम्बन्धी जानकारी गराएका थिए ।
कार्यक्रममा समाजकी चेली पुनम गुरुङ एनआरएनए युकेको अध्यक्षमा चयन भएको र समाजका कोने सदस्य लक्ष्यबहादुर गुरुङ वार्नेट काउन्सिलको डेपुटी मेयरमा चयन भएकोमा खादा लगाई सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा ९२ वर्षीय सिंह बहादुर गुरुङ, ८६ वर्षीय देवीबहादुर गुरुङ, ८४ वर्षीया बत्तीकुमारी गुरुङ र ८१ वर्षीय टेकबहादुर गुरुङलाई पनि लठ्ठी उपहार प्रदान गरिएको थियो ।
संक्रान्तिको अवसरमा ज्वाइचेलीहरुको सम्मानमा गरिएको भोज तथा सम्मान कार्यक्रमलाई समाजका उपाध्यक्ष क्या. पिताम्बर गुरुङले संयोजन गरेका थिए ।
कार्यक्रममा एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ र योगेन क्षेत्री, तमु धिं युके अध्यक्ष निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्षहरु हितकाजी गुरुङ र हरि गुरुङ, सहारा युके अध्यक्ष कुमार गुरुङ, केन्द्रीय सल्लाहकार ले. थमन गुरुङ, चिजबहादुर गुरुङ, केन्द्रीय सदस्य मानबहादुर गुरुङ सहितका अतिथिहरुको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रम सम्पन्न गर्नका लागि चेलीबेटी समूहकी संयोजक रेचल गुरुङ र सहसंयोजक चन्द्रदेवी गुरुङसहित पंच गुरुङ, ध्रुव, शान्त गुरुङ लगायतले विशेष भूमिका खेलेकी थिइन् । त्यस्तै, कोषाध्यक्ष बोहत गुरुङ र मेजर राजपति गुरुङले स्वागतद्वारमा बिशेष भूमिका खेलेका थिए ।
कार्यक्रममा तमुधिं युकेको निमन्त्रणामा बेलायत आएका चर्चित लोक गायक राजन गुरुङ र स्थानीय गायिका ममता गुरुङले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए । त्यस्तै, चेलीबेटीहरुले पहिलो पुरस्कार १ तोला सुन, दोस्रो पुरस्कार आधा तोला सुन, तेस्रो पुरस्कार तिलहरी लगायत विभिन्न पुरस्कारहरुको प्रायोजन गरिएको थियो ।
समाजका अध्यक्ष ले.रि. चन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष नरजंग गुरुङ र सल्लाहकार नारायण कोन्मेले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै, समाजका महासचिव ईन्द्र गुरुङ र प्रवक्ता रामकुमार गुरुङले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए ।
यसैबीच अध्यक्ष गुरुङले कार्यक्रम संयोजक क्या. पिताम्बर गुरुङ लगायत सिंगो कार्यसमिति, चेलिबेटी, स्पोन्सर, संस्थापक अध्यक्ष, संस्थापक वरिष्ठ सल्लाहकार, वरिस्ठ सल्लाहकार, सल्लाहकार, केन्द्रीय सल्लाहकारहरु, केन्द्रीय सदस्यहरु, भाइखलक र चेलिबेटीहरुलाई हृदयदेखि नै धन्यवाद व्यक्त गरेका छन् । साथै, उनले चेलिबेटीहरुले माइतीहरुप्रति देखाएको माया, सद्भाव र कोसेलीले सम्पूर्ण माइती भावुक र ऋणी भएको सामाजिक संजालमार्फत जनाएका छन् ।






