तमुधिं लन्डन ईकाईद्वारा ल्होछार तथा वार्षिकोत्वको समीक्षा

SHARE:

एटा संवाददाता
लन्डन । तमु धिं लन्डन ईकाईले गत ५ जनवरीमा सम्पन्न गुरुङहरुको महान पर्व ‘च्यु ल्होछार’ तथा ईकाईको १२औं वार्षिकोत्सव कार्यक्रमको समीक्षा गरेको छ । गत १९ जनवरीका दिन हेरो स्थित आर.ये.यफ.हलमा सम्पन्न भएको बैठकले उक्त ल्होछार कार्यक्रम तथा वार्षिकोत्सवको समीक्षा गरेको हो ।

बैठकमा ल्होछार तथा वार्षिकोत्सव संयोजक एवं उपाध्यक्ष बिष्णु गुरुङ, सहसंयोजक बिकास गुरुङ (रक) ले कार्यक्रमको तयारी देखि कार्यक्रमको दिन सम्म विस्तृत रुपमा कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भूमिका खेल्नुहुने सबैलाई धन्यवाद दिएका थिए । साथै, उनीहरुले आउँदा दिनहरुमा पनि यसरीनै यस संस्था प्रति एक भई सबैजना अगाडि बढ्न अनुरोध गरे । बैठकले संयोजक उपाध्यक्ष बिष्णु गुरुङ र सहसंयोजक बिकास गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

तमु धिं लन्डन ईकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त समीक्षा बैठकमा ल्होछार तथा वार्षिकोत्सव समारोहबारे संस्थाका पदाधिकारीहरुले सकारात्मक सुझाव दिन, कुनै पनि कमिकमजोरी वा सुधार गर्दा आगामी दिनहरुमा पनि यसरी नै संस्थाको हित र हक भित्र रहि सबै एकजुट भई कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न र गराउन सबैको जोड रहेको थियो ।

ल्होछार तथा वार्षिक समारोहमा भएको खर्च र आम्दानी बारे कोषाध्यक्ष ललितमान गुरुङले प्रस्तुत् गरेको आर्थिक प्रतिवेदन ज्यादै पारदर्शी रहेकोेले बैठकले स्वागत गर्दै उनको कार्य प्रति अध्यक्ष चन्द्रबहादुर गुरुङले धन्यवाद दिए । साथै, उक्त बैठकले आउने ल्होछार कार्यक्रम २ जनवरी २०२१ का दिन आमा समूहकी अध्यक्ष डिलमाया गुरुङको संयोजकत्वमा आयोजना गर्ने निर्णय गरेको छ । साथै, बैठकले कार्यसमितिको सल्लाहमा उक्त ल्होछार आयोजक कमिटि गठन गर्न समेत आमा समूहकी अध्यक्ष डिलमाया गुरुङलाई जिम्मेवारी प्रदान गरेको छ ।

बैठकको समापन गर्दै अध्यक्ष चन्द्र बहादुर गुरुङले ल्होछार कार्यक्रम तथा १२ औं वार्षिकोत्सव समारोह सफ्ल बनाउन विशेष भूमिका खेलेका संयोजक उपाध्यक्ष बिष्णु गुरुङ र बिकास गुरुङलाई बिशेष धन्यवाद दिदै कार्यक्रम सफल बनाउन भूमिका खेलेका सबैप्रति धन्यवाद दिए ।

तमु धिं लन्डन ईकाईका ट्रस्टिज, सल्लाहकार, कार्यसमिति, आमा समूह लगायतको बिशेष उपस्थिति रहेको बैठकमा वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव भरत गुरुङले बैठक संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!