हिमाल भुजेल बने छैटौं मिस्टर युके नेपाल

SHARE:

एटा संवाददाता

फार्नबोरो । केन्ट निवासी हिमाल भुजेल छैटौं मिस्टर युके नेपाल बनेका छन् ।

गत शनिबार १२ मे का दिन युके नेपाल फेडेरेसन अफ बडीबल्डिङ्ग एन्ड फिटनेस (युके एनएफबीएफ)ले फार्नबोरोको सामुल कोडी स्पोर्टस् कलेजमा आयोजना गरेको प्रतियोगितामा उनी च्याम्पियन बनेका हुन् । त्यस्तै लोक गुरुङ फस्ट रनरअप र कुमार गुरुङ सेकेन्ड रनरअप बन्न सफल भए । च्याम्पियन भुजेलले १०००, लोक गुरुङले ५०० र कुमार गुरुङले ३०० पाउन्ड नगदसहित ट्रफी हात पारे ।

गोर्खा मोर्गेजले प्रथम, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले दोस्रो र साम ल्किनिङ्ग सर्भिसेज्का सरोज केसीले तेस्रो नगद पुरस्कारको प्रायोजन गरेका थिए । विजेता खेलाडीहरुलाई प्रथम पुरस्कार प्रायोजक गोर्खा मोर्गेजेज्का सरस गुरुङ र किरण गुरुङले वितरण गरेका थिए । त्यस्तै, आयोजक युकेएनएफबिएफका अध्यक्ष किशोर गुरुङ, प्रशिक्षक सानु गुरुङ, प्रमुख अतिथि, विशेष अतिथि र स्पोन्सरहरुले पुरस्कार प्रदान गरेका थिए ।
इन्डिभिजुयल र पोजिङ्ग गरी दुई चरणमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा छैटौं मिस्टर युके नेपाल प्रणय गुरुङले गेस्ट पोजिङ्ग गरेका थिए भने मोडल अनिता लिम्बू र प्रिया गुरुङले नृत्य र सुदेन गुरुङले विभिन्न गीतहरु प्रस्तुत् गरेका थिए । सदाझै यसवर्ष पनि प्रतियोगीहरुलाई वरिष्ठ प्रशिक्षक सानु गुरुङले प्रशिक्षण दिएका थिए । उनी प्रशिक्षणका लागि केही हप्ताअघि नेपालबाट बेलायत आएका हुन् ।

बेलायतमा रहेका नेपालीहहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, सहारा युकेका अध्यक्ष मिन गुरुङ, एनआरएनए आईसीसी सदस्य शान्ति थापा उपाध्यक्ष पुनम गुरुङ, प्रायोजक, उद्यमी, व्यापारी र युवाहरुको विशेष उपस्थिति रहेको थियो । बेलायतमा रहेका विभिन्न संघसंस्थाका अध्यक्षलगायत प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो । युके एनएफबीएफका उपाध्यक्ष सुक गुरुङको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रम सूर्य गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!