एटा संवाददाता
अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेद्वारा बौद्ध अर्घौं सदन पोखराका प्रमुख लामा तथा नेपाल लामा संघका अध्यक्ष धर्मगुरु खेन्पो शिर लामाको स्वागत गरेको छ । उनलाई गत आइतबार १३ मे २०१८ का दिन हेथों विमान स्थलमा बिसीसी युकेका अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ, बिसीसी युकेका आमा समूहकी अध्यक्ष पुष्पा गुरुङ, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, आमा समूहकी अध्यक्ष प्रेमा गुरुङ, तमुधिं लण्डन ईकाई आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ लगायत बिसीसी युकेका कार्यसमिति, सल्लाहकार र शुभचिन्तकहरुले स्वागत गरिएको हो ।
बेलायतका विभिन्न स्थानमा बौद्ध धार्मिक प्रवचन दिने उद्देश्यका साथ बेलायत आएका लामा गुरुले बिसीसी युकेको गुम्बा लगायत बेलायतका प्रमुख सहरहरुमा प्रवचन दिने भएका छन् । बिसीसी युकेले उनलाई आउने १९ मे शनिबारका दिन आप्mनै गुम्बा भवनमा औपाचारिक रुपमा स्वागत गर्ने भएको छ । साथै उनले आउँदो २० देखि २५ मे सम्म गुम्बामा निउनी ब्रत गराउने भएको छ । सो ब्रतमा भागलिन ईच्छुक भक्तजनहरुले बिसीसी युकेमा छिट्टै सम्पर्क गर्न अध्यक्ष ले.रि. गुरुङले अनुरोध गरेका छन् ।
बेलायतको केन्ट, प्लमस्टिड, रेडिङ्ग, फार्नबोरो, अल्डरसट, क्याम्वर्ली र लण्डनका करीब ५० जना भक्तजनहरु उनको स्वागतमा विमानस्थल पुगेका थिए ।


