उमेर ३ किसिमको

SHARE:

नगेन्द्रराज नेम्वाङ

सबै मानिस स्वस्थ र सुखी जीवन बिताउन चाहन्छन् । कसैप्रति माया प्रेम दर्शाउन परेमा वा शुभ आशीर्वाद प्रदान गर्नु परेमा सुस्वास्थ्य तथा दीर्घायूको कामना आदानप्रदान गरिन्छ । स्वस्थ भएर लामो उमेर बाँच्ने सबैको चाहना हुन्छ ।

यसै सन्दर्भमा हाम्रा गुरु डा. योगी विकाशानन्द भन्नुहुन्छ, ‘मानिसको उमेर ३ किसिमको हुन्छ, ति ३ किसिमको उमेर थाहा पाउन सकियो भने स्वस्थ र आनन्द प्राप्त गर्न सकिन्छ । जीवनमा बाँच्ने कला भेटिन्छ’ ती उमेरहरु साईकोलोजिकल, वायोलोजिकल र क्रोनोलोजिकल उमेर भनेर चिनिन्छ ।
हामीले दैनिक गन्ति गरिरहेको उमेर छोराछोरीहरु ५ वर्ष, १० वर्ष, म ४० वर्ष पुगें र बाबाआमा ७०÷८० वर्ष पुग्नु भयो भन्छौं । यी उमेर भनेको क्यालेन्डरबाट आएको उमेर हो । यो उमेरलाई क्रोनोलोजिकल उमेर भनिन्छ । क्रोनोग्राफ घडी जस्तै एउटा ल्यालेन्डरलाई १ वर्ष मानिएको छ । यी बाहेक अर्को २ वटा उमेरहरु साईकोलोजिकल र वायोलोजिकल । साईकोलोजिकल उमेर भनेको मानिसको मन कति खुसी राख्न सकिन्छ त्यसमा भर पर्दछ । जति खुसी त्यति नै जवान । मानिस जन्मन्छ, हुर्कन्छ । क्रोनोलोजिकल उमेर ढल्किँदै गए पनि सधैं हाँसो खुसी रहिरहने हो भने साइकोलोजिकल उमेरले शरीरलाई संघै तरोताजा रहन मद्दत गर्दछ ।

तेस्रो वायोलोजिकल उमेर भने खानेकुरासँग सम्बन्धित छ । खानेकुरामा व्यालेन्स डाईट, पौस्टिक तत्व, प्रोटिन, कार्वोहाइड्रेट, भिटामिन्स, मिनरल्स शरीरले प्राप्त गर्‍यो भने यो उमेर कहिल्यै बुढो हुँदैन ।

मानसिक रुपमा खुसी प्रफुल्ल रह्यो भने साईकोलोजिकल उमेर तरुण रहन्छ । स्वस्थकर भोजन सेवन गरियो भने वायोलोजिकल उमेरले शरीरलाई बुढो हुन दिँदैन । मानसिक रुपमा प्रफुल्ल रहनु, शारीरिक रुपमा स्वस्थ रहनु, स्वस्थकर भोजन सेवन गर्ने हो भने क्यालेण्डरको उमेरले डाँडा काटे पनि हाम्रो शरीर कहिल्यै बुढो नहुने बताउँनुहुन्छ, डा. योगी विकाशानन्द ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!