नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सकिएको छ । पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्ने योजनाका साथ पार्टीको दोस्रो केन्द्रीय बैठकका कतिपय कार्यभार भने अपूरै रहन पुगे । कतिपय अस्पष्टतालाई भने पार्टीको जीवनमा सही निर्देश गर्दै अघि बढ्ने प्रणका साथ निष्कर्षमा पुगेको स्पष्ट भएको छ ।
नेकपाको दुई वर्षपछि भएको चार दिने केन्द्रीय कमिटी बैठकले जनताको पक्षमा भने खासै निर्णय नगरेको देखिएको छ । इतिहासमा महत्वपूर्ण निर्णय गरेको सुन्न पाउनुपर्ने यो बेलामा जनअपेक्षित काम हुन नसक्दा भने जनमानसमा सकारात्मक सन्देश जान सकेन् । जनजीविकाको पक्षमा निर्णय गरेर दूरगामी महत्व राख्ने पार्टीका रुपमा पहिचान बनाउन सक्नु पर्दथ्यो तर त्यसो हुन सकेन् ।
नेकपाको ११ बुँदे निर्णयमा आधा निर्णय श्रद्धाञ्जली, बधाई र शुभकामनामा खर्च भएकौ छ । बाँकी निर्णय साँच्चै जनताका लागि उपयोगी छैनन् । अहिले सबैभन्दा जल्दोबल्दो विषय भनेको एमसीसीका विषयमा निर्णयमा पुग्न सकेन । झलनाथ खनालको नेतृत्वमा अध्ययन गर्न कार्यदल बनाएर त्यस विषयमा टुंगोमा पुग्ने निधोमा पुगेका छन् ।
यो बैठक प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली कमजोर सावित बनेका छन् । बैठककोको सुरुवातमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सम्बोधन गर्दै एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका थिए । तर, बैठकले निष्कर्ष निकाल्न सकेन । ओली हाबी हुन नसकेको स्पष्ट देखियो ।
हुन त प्रधानमन्त्री ओली एकपछि अर्को गर्दै कमजोर सावित हुँदै गएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गुट सबैभन्दा शक्तिशाली देखिएका छन् । त्यसपछि माधवकुमार नेपालको गुट बलिया देखिएका छन् । सर्वशक्तिमान ठानिएका ओली पछिल्लो समयमा पार्टीभित्र कमजोर बन्दै गएको स्पष्ट देखिएका छन् । प्रचण्ड र माधवकुमारको गुट शक्तिशाली हुँदा नै बामदेव गौतम उपाध्यक्ष हुन सफल भएका छन् । बारम्बार रुपमा गौतम निवासमा भएको गुटगत भेलाको परिणाम केन्द्रीय कमिटी बैठकबाट गौतम निकाल्न सफल भएको स्पष्ट छ ।
त्यसो त, बैठकले लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय हस्तक्षेपका विरुद्ध सशक्त आवाज मुखरित गर्न सकेको पाइएन् । औपचारिकताको कसी बाध्ने काम मात्र भएकोमा अहिले सर्वत्र रुपमा चर्चाको विषय हुन सकेन् ।
प्छिल्लो परिस्थिति यस्तो बनिदियो कि, केन्द्रीय कमिटीका लागि आयोजना गरिएको रात्रीभोजमा माधवकुमार नेपाल गएनन् । त्यसको अर्थ अहिलेको सरकारप्रति माधवकुमार नेपाल पूर्णतः असन्तुष्ट छन् । गुटगत भन्दापनि चरित्रगत रुपमा ओली र नेपालबीच मतभिन्तता छ । विचारको विषय मात्र नभएर ओलीप्रति रुष्ट माधवको गतिविधिले नेकपाभित्र आन्तरिक शक्ति सन्तुलन सकसपूर्ण छ । यसले नेकपाको भविष्यमाथि नै प्रश्न उठाइरहेको छ ।