एटा संवाददाता
अल्डरसट । नेपाल पत्रकार महासंघ यूकेको आउँदो १९ मे २०१८ का दिन सम्पन्न हुन लागेको चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ । सो नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समितिले उम्मेदवारी दर्ता गराएको छ । सो समितिले आप्mनो निर्वाचन कार्यतालिका अनुसार गत आइतबार १३ मे का दिन इलिङ्गस्थित निर्वाचन कार्यालयमा दर्ता गराएको हो ।
निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष नरेश खपाङ्गी मगर र उपाध्यक्ष ध्रुवराज अर्यालको उम्मेदवारी परेको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल र दिनेश परियार, उपाध्यक्षमा खेमराज रानाभाट र वर्तमान महासचिव लिलामान शेरपुञ्जा मगरको उम्मेदवारी परेको छ ।
८ जना सदस्य सहित १५ जनाका लागि हुन लागेको सो निर्वाचनको महासचिवमा वर्तमान सदस्य नरेन्द्र बस्नेत, संजय कंडेल, पूर्व सभासद विमला सेने र खुशी लिम्बुले दर्ता गराएका छन् । त्यस्तै, सचिव पदका लागि वर्तमान सचिव शिव भण्डारी र जगन कार्कीले उम्मेदवारी दिएका छन् भने वर्तमान कोषाध्यक्ष पूर्ण गुरुङ र सिद्धार्थ बिक्रम क्षेत्रीले कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, सहकोषाध्यक्षमा वर्तमान सहकोषाध्यक्ष रोशन राईको मात्रै उम्मेदवारी परेको छ भने सदस्यहरुमा बमबहादुर थापा सूर्यवंशी, नरेश काङमाङ राई, सुरेन्द्र इङ्नाम, विश्वासदीप तिगेला, तिर्थ बहादुर मल्ल, गणेश खड्का, मञ्जु भण्डारी, जीवन सेन र नरेन्द्र राज नेम्वाङ्ग गरि ९ जनाले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी फिर्ता तथा दावीबिरोधका लागि सोही दिनको साँझ ५ सम्म तोकिएकोमा उम्मेदवारी फिर्ताको म्यादलाई बिहिवार १७ मे २०१८ को साँझ ८ बजेसम्म बढाएको निर्वाचन समितिले जनाएको छ ।
स्मरण रहोस्, यसअघिनै कार्यसमितिले चौथो अधिवेसनमा नयाँ कार्यसमिति चयनका लागि विजय थापाको संयोजकत्वमा सोलिसिटर राजु थापा, निवर्तमान अध्यक्ष चिरन शर्मा, सभासदहरु विकल आचार्य र दुतबहादुर पुन रहनुभएको निर्वाचन समिति गठन गरेको थियो । त्यस्तै, निर्वाचन समितिको सल्लाहकारमा राजन कँडेल, रामशरण सिंखडा, भगिरथ योगी, नविन पोखरेल, हरिकुमार गुरुङ काजी, केशव भण्डारी र मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पालाई चयन गरिएको छ । सो अधिवेशनका लागि नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लण्डन आउने भएका छन् ।


