किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन यूकेमा, पवन चाम्लिङ्ग प्रमुख अतिथि

SHARE:

एटा संवाददाता
लन्डन । किरात राईहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतमा आयोजना हुने भएको छ । सो कुरा किरात राई यायोक्खा युकेले शनिबार लन्डन ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले आउँदो मे महिनाको २४ देखि २६ तारिखका दिन अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने आयोजकले जानकारी दियो । सम्मेलनमा भारत सिक्किम प्रान्तका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ प्रमुख अतिथि रहने छन् भने विभिन्न १७ वटा देशका प्रतिनिधिहरुले भाग लिनेछन् । सो सम्मेलनको अल्डरसटस्थित एम्पायर हलमा २४ मेका दिन उद्घाटन हुने छ भने २५ र २६ मेका कार्यक्रम लन्डन ह्यारो बरो फुटबल क्लबमा आयोजना गरिने किरात राई यायोक्खा बेलायतकी अध्यक्ष कल्पना राईले बताइन् ।

सम्मेलन विश्वभरका किरात राईहरुबीच सम्बन्ध कायम गर्न, किरात भाषा, कला र संस्कार जोगाउन केन्द्रित हुने अध्यक्ष राईले विश्वास व्यक्त गरिन् । साथै, उनले विशेषगरी सम्मेलन किरात राईको २८ भाषा प्रयोगमा रहेको भए तापनि केही भाषा लोप हुँदै गएकाले त्यसलाई संरक्षण, किरात राईहरुको मौलिक पर्व साकेला लगायत भूमेपूजा, खोलापूजा, चुल्हापूजा आदिको संरक्षण तथा सम्वद्र्धन, आफ्नो मुल थातथलोसँग सम्बन्ध कायम, किरात राईहरुको ऐतिहासिक तथा पुरातात्विक महत्वको खोजी गर्दै संरक्षण तथा सम्वद्र्धन लगायतका विषयमा केन्द्रित हुने बताइन् ।

यसअघि पहिलोपटक सन् २०११ मा नेपालमा, सन् २०१५ मा भारतको सिलिगुडीमा सम्मेलन गरिएको गरिएको थियो भने यसपटक यूकेमा तेस्रो सम्मेलनमा हुन लागेको हो । सम्मेलनमा नेपाल, भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, हङकङ, कतार, मलेसिया, जापान, कोरिया लगायत देशबाट करिब १०० जनाको सहभागिता रहने आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा किरात राई यायोक्खा यूकेका उपाध्यक्ष मेजर योगेश राईले सम्मेलनअघि २३ मे का दिन ओकिङ्गस्थित आप्mनै १४७ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा आयोजना गर्न लागिएको किरात राईहरुको महान् चाड ‘साकेला उभौली ५०८०’ बारे जानकारी दिएका थिए । त्यस्तै कार्यवाहक महासचिव नरेश काङमाङ राईले सम्मेलनमा करिब ३० लाख रुपैयाँ खर्च हुने जानकारी गराउँदै सो खर्च जुटाउन आउने २२ फेब्रुअरी साँझ लन्डन ह्यारो बरो फुटबल क्लवमा रात्रिभोजको आयोजना गर्न लागिएको जनाए । त्यस्तै, उनले यूकेमा रहेका १४ वटा प्रारम्भिक कमिटी र १७ देशमा रहेका शाखासँग सहयोगका लागि अनुरोध गरिने बताए ।

तेस्रो सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनहुन व्यवस्थापन जिम्मा लिएको किरात राई यायोक्खा यूकेले सबैमा अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!