जनजाति नेतृ बुढा बेलायत आउँदै

SHARE:

एटा संवाददाता

लन्डन । आदिवासी जनजाति नेतृ एवं पूर्व जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्य (रापंस) बमकुमारी बुढा मगर बेलायत आउने भएकी छन् । उनी मगर संघ यूकेको निमन्त्रणामा बेलायत आउन लागेकी हुन् ।

मगर संघ यूकेले आउने २२ फ्रेबुअरीका दिन रेडिङमा आयोजना गर्न लागेको ३८ औं मगर दिवस एवं एकता दिवसमा अतिथिको रुपमा बेलायत आउने भएकी हुन् । मगर संघ यूकेले प्रत्येक वर्ष आयोजना गर्दै आएको सो कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि मगर संघ यूकेका विभिन्न शाखाहरुले विशेष तयारी गरिरहेको छ ।

विशेषगरी दिवंगत भएका मगर अगुवाहरुलाई सम्झने, आपसी मनमुटावलाई बिर्सने, एकअर्कामा मित्रता बढाउने, देश विकासमा मगरहरुको योगदानको समीक्षा गर्दै नेपाललाई समृद्ध बनाउन के कस्तो योगदान दिन सकिन्छ भन्ने उद्देश्यले पनि दिवस विदेशमा पनि मनाउँदै आएको हो ।

मगर संघ यूकेका अध्यक्ष ले.रि. सुनिल राना मगरले जानकारी गराएअनुसार यसैहप्ता अतिथि बुढा मगर बेलायत आउने छिन् । सो दिन मगर संघ यूकेका स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रमका साथसाथै चर्चित हास्य कलाकार एवं लोकदोहोरी गायिका सन्ध्या बुढा मगरको बेजोड प्रस्तुति रहने छ ।

कार्यक्रमका लागि नेपाली दूतावास लन्डन, एनआरएनए यूके, नेपाल आदिवासी जनजाति महासंघ यूके, विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्थाहरुलाई आमन्त्रण गरिसकिएको छ । साथै, सो कार्यक्रमका दिन मगर संघ यूकेलाई योगदान दिने विभिन्न महानुभावहरुलाई सम्मान गरिने स्रोतले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!