दायाँ र बायाँ मस्तिष्क

SHARE:

नगेन्द्रराज नेम्वाङ्ग
पृथ्वीको गोलद्र्धलाई आधा रात र आधा दिन दुई भाग छुट्टिएजस्तै हाम्रो मस्तिष्क पनि दुई भागमा दायाँ र बायाँ मस्तिष्क छुट्टिएको हुन्छ भनि बताउँछन् मनोविज्ञहरु । यी दुई मस्तिष्क पालैपालो सञ्चालित हुन्छन् । हाम्रो दैनिक जीवनमा बायाँ मस्तिष्क सञ्चालन हुँदा विचार, वुद्धि, तर्क गणित बढी मनमा आउँछ । दायाँ मस्तिष्क सञ्चालन हुँदा माया, प्रेम, सपना, कल्पना र भावना उत्पन्न हुन्छ ।

यी दुई मस्तिष्क स्वयं चिल्लो भएकोले चिल्लो बोसो भएको खानेकुरा सेवन गर्दा केही तनाव उत्पन्न हुने गर्दछ । साधना गर्नु पर्दा प्रणायाम मस्तिष्कका लागि अति उच्चतम मानिन्छ । प्रणायाम गर्दा मस्तिष्कमा बढी अक्सिजन पास हुने गर्दछ र आनन्द महसुस हुन्छ । खानेकुरामा मस्तिष्कका लागि ओमेगा ३ अति राम्रो मानिन्छ, जुन माछाबाट पाइन्छ । ओखर पनि ओमेगा ३ को स्रोत मानिन्छ । गेडागुडी, काजु, पेश्ता, भटमास आदि इत्यादि पनि स्रोत हुन् ।
योग व्यायामले मस्तिष्क र शरीर दुवैलाई फाइदा हुन्छ । मस्तिष्कमा तीन किसिमका जीव रसायन उत्पादन हुन्छन् । जस्तै, एण्डरफिन्स, अक्सिटोसिन र एसिटाकोलाइन । जति व्यायाम गर्न सकिन्छ त्यति नै यी जीव रसायनहरु क्रियाशील हुने गर्दछ ।

एण्डरफिन्स क्रियाशील भयो भने मनमा आनन्द महसुस हुन्छ । आनन्दित व्यक्तिलाई सितिमिति रोग लाग्दैन । अक्सिटोसिन जीव रसायन क्रियाशील भयो भने मनमा शान्ति मिल्छ । ध्यान पन मस्तिष्कको खुराक नै हो । ध्यानले विचारलाई नियन्त्रण गर्छ । विचार चल्न थाल्यो भने मानसिक तनाव सुरु हुन्छ । विचार बायाँ मस्तिष्कबाट सञ्चालित हुन्छ । बायाँ र दायाँ मस्तिष्क पालैपालो सञ्चालित हुने गर्दछ । दायाँ मस्तिष्क सञ्चालित हुनका लागि योग, ध्यान र साधनाको नियमित अभ्यास गर्नु पर्दछ ।

साधनाको नियमित अभ्यासले मानसिक सन्तुलन र शारीरिक तन्दुरुस्तमा मद्दत गर्दछ । शारीरिक रुपमा स्वास्थ्य तन्दुरुस्त तथा मानसिक रुपमा आनन्द प्राप्तिका लागि नियमित योग, ध्यान, प्रणायाम र स्वास्थ्यकर भोजन सेवन गर्नु पर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!