चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले विश्व आक्रान्त बनेको छ । त्यसमा नेपाल र नेपाली पनि सशंकित अवस्थामा छ । अहिले जतिसुकै शक्तिशाली राष्ट्र पनि कोरोना भाइरसले त्रस्त बनेको छ । कतिपय देशका राष्ट्र प्रमुखदेखि उच्च ओहोदामा रहेकाहरुलाई समेत कोरोनाका गाँजेपछि स्थिति भयावह बन्दै गएको छ ।
नेपालमा पनि अहिले कोरोनाविरुद्ध उच्च सकर्तता अपनाउँदै आएको छ । यो उच्च सतर्कताका कारण पनि नेपालमा अहिलेसम्म कसैलाई पनि संक्रमणको पुष्टि भएको छैन । नहोस पनि । कोरोना भाइरसका कारण नेपाल जस्तो विकासोन्मुख मुलुकलाई बढी प्रभाव र क्षति पार्ने देखिन्छ । अरुभन्दा पनि न्यूनीकरणका लागि तत्काल सतकृता नअपनाउने हो भने भोलिका दिनमा स्थिति अनियन्त्रित र भयावह हुने पक्का छ । अहिले एयरपोर्टमा सतर्कता पढाइएको छ ।
कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्ष जस्तो महत्वकांक्षी कार्यक्रमको प्रचार प्रसार नै स्थगित गरिएको छ । त्यसो त यो अभियान पुनः सञ्चालनमा आउने पनि छ । जुन दिन कोरोना भाइरस मुक्त नेपाल र विश्वमा सन्देश जान्छ, सोही दिनदेखि पुनः नेपाल भ्रमणका लागि निम्तो दिने कार्यक्रम अघि बढाउनैपर्छ ।
अहिले नेपालमा पनि उच्च सतर्कता अपनाउने काम त भएकै छ । तर, नेपालमा पनि केही शंकास्पद व्यक्तिहरुलाई उच्च निगरानीमा राख्दै त्यसबारे अनुसन्धान भइरहेको छ । नाकाहरु खुला छन् । ती नाकाहरुमा स्वास्थ्य परीक्षणका यथोचित व्यवस्था गर्न सकिएको छैन । नेपाल जस्तो गरिब मुलुकमा कोरोना भाइरस जस्ता घातक भाइरसको संक्रमण भित्रियो भने स्थिति भयावह हुने देखिएको छ । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ ।

सर्वोच्च अदालतले पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन तत्काल अत्यावश्यक कदम चाल्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले सुनुवाइ गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हुन् । अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनाको संक्रमण फैलन नदिन अत्यावश्यक उपायहरु तत्काल अपनाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य मन्त्रालयसहितलाई विपक्षी बनाएर दायर गरेको थिए । यो विषय मानवीय संवेदनाको विषय हो । यसैले यस विषयमा सरकार गम्भीर बन्नैपर्छ । यो गम्भीरतालाई ध्यानमा राख्दै सरकारबाट यथोचित व्यवस्था गर्नुपर्छ भने आमसर्वसाधारणले सतकर्ता अपनाउन कञ्जुस्याई गर्नु हुँदैन ।


