काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा नवनिर्वाचित १८ सांसदले शपथ लिएका छन् ।
आफ्नो २ वर्षे कार्यकाल पूरा गरेर १९ जना सांसदले बिदा लिएको भोलिपल्ट संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सांसदलाई शपथ गराएका हुन् । अब सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक जना सदस्यमात्र राष्ट्रिय सभामा रिक्त छ ।
नेकपाबाट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशसहित १६ जना र राजपाबाट दुई जना सांसदले शपथ लिएका हुन् । मंगलबार दुईवर्षे कार्यकाल पूरा गरेर १९ सांसद बिदा भएका थिए ।









