भिसी थापाको सालिक निर्माणमा पीपलद्वारा एक हजार सहयोग

SHARE:


पूर्ण गुरुङ (घान्द्रुके कान्छा), लण्डन । फार्नबोरो नर्थ क्याम्पस्थित पीपल मोर्गेज एण्ड स्टेट एजेन्टले अल्डरसटको प्रिन्सेस गार्डनमा निर्माण हुन लागेको प्रथम भिक्टोरिया क्रस (भिसी) पदक बिजेता कुलबिर थापाको सालिक निर्माणमा एक हजार पाउण्ड आर्थिक सहयोग गरेको छ । सोमबार १६ मार्चका दिन सोही पीपल मोर्जेसको कार्यालयमा मोर्गेजका प्रवन्ध निर्देशक सूर्य प्रकाश गुरुङले ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेका उपाध्यक्षद्वय रञ्जिता मल्ल र मान गुरुङलाई एक हजार पाउण्डको चेक हस्तान्तरण गरेका हुन् । उक्त सहयोग रकम पीपल ग्रुपको चौंथों वार्षिकोत्सवको अवसरमा प्रवन्ध निर्देशक गुरुङले हस्तान्तरण गरेका हुन् । यसभन्दा अघि आप्mना ग्राहकहरुलाई निमन्त्रणा गरी बिशेष कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाईएकोमा यसपटक भने वार्षिकोत्सवमा हुने खर्च सिधै च्यारिटीलाई प्रदान गर्ने योजना अनुरुप बिशेष कार्यक्रमको आयोजना नगरिएको प्रवन्ध निर्देशक गुरुङले जानकारी दिए । उनका अनुसार सो वार्षिकोत्सवमा हुने खर्चमध्येबाट  एक हजार पाउण्ड प्रथम भिसी पदक बिजेता कुलविर थापाको सालिक निर्माणमा प्रदान गरिएको हो ।  सो अवसरमा पीपल ग्रुपका कर्मचारीहरुको समेत बिशेष उपस्थिति रहेको थियो । त्यस्तै, यसभन्दा अघि स्कुल परियोजनाका लागि छुट्टयाईएको २४ हजार पाउण्ड सहयोग रकममा दुई हजार पाउण्ड थप गरी २६ हजार पाउण्ड पुर्याएका छन् ।

चारवटा कोठा र ४ जना स्टाफबाट शुरुभएको पीपल ग्रुपमा अहिले बेलायतका विभिन्न सहरमा ४ वटा शाखा विस्तारका साथसाथै २८ जना कर्मचारी कार्यरत रहेका छन् । सो चौंथों वार्षिकोत्सवको अवसरमा प्रवन्ध निर्देशक गुरुङले पीपल ग्रुपलाई यहाँसम्म ल्याउन पु¥याउन महत्वपूर्ण भूमिका खेल्नुहुने सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक र टिम पीपल (कर्मचारी) मा हृदय देखिनै धन्यवाद दिएका छन् । 

फार्नबोरोको नर्थक्याम्पमा प्रधान कार्यालय, स्वीन्डन, आस्फोर्ड, लण्डन र एनडोभरमा शाखा कार्यालय स्थापना गरी ग्राहकहरुलाई सेवा दिदै आएको पीपलले सेल्स, लेटिङ्ग, प्रोटेक्शन, मोर्गेजेज, होम इन्स्योरेन्स, कन्भीयन्सीङ्ग, विल्स लगायतको सेवाहरु प्रदान गर्दै आएको छ ।

 गे्रटर रस्मुर नेपाली कम्युनिटी युकेको पहलमा करीब १ लाख २५ पाउण्डको लागतमा निर्माण गर्न लागिएको सालिक निर्माण सहयोगार्थ विभिन्न व्यक्ति र संघसंस्थाहरुबाट करीब ६८ हजार पाउण्डको प्रतिवद्धता आईसकेको र सोही बमोजिम सहयोगदाताहरुले रकम समेत हस्तान्तरण गर्दै आएको जीआरएनसीका उपाध्यक्ष मान गुरुङले जानकारी दिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!