कोरोना भाइरसबारे जरूरी जानकारी :‘कोरोना भाइरसबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔं’

SHARE:

यदि कोरोना भाइरसको निम्न लक्षण देखिएमा घरमै ७ दिनसम्म बस्नुहोस् ।
क) शरीरको तापक्रम बढी छाती वा ढाडमा तातो भएमा
ख) लगातार खोकी लागेमा

  • कृपया जीपी, औषधि पसल, अस्पतालमा नजानुहोस् ।
  • तपाईंले १११ मा फोन गरी आफू घरमै बसिरहेको जानकारी दिन जरुरी छैन ।
  • यदि घरैमा बसिरहनुभएको छ भने कोरोना भाइरसको जाँच गरिरहनु आवश्यक छैन ।

तलको अवस्थामा मात्र १११ मा सम्पर्क गर्नुहोला ।

क) घरमा बस्दा सहनै नसक्ने भएमा
ख) तपाईंको अवस्था खराब हुँदै गएमा
ग) ७ दिनमै तपाईंको अवस्थामा सुधार हुँदैन

  • १११ मा अनलाइनबाट सम्पर्क गर्न सकिनेछ । यदि अनलाइनबाट सम्पर्क गर्न नसकिएको अवस्थामा मात्र फोन गर्नुहोला ।

कोरोना भाइरस कसरी फैलन्छ ?

  • यो नौलो स्वास्थ्य समस्या भएकोले एक व्यक्तिबाट अर्कोमा कसरी सर्छ भनेर ठ्याक्कै भन्न
    गाह्रो छ ।
  • यस्तै अन्य भाइरसहरू खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने थोपा वा छिटाहरूबाट सर्दछन् ।
  • यो अधिकांश मानिसहरूमा हातको सम्पर्कबाट सर्ने विश्वास गरिएको छ ।
  • खानाबाट वा कुनै वस्तुको पोकाबाट सर्ने सम्भावनाचाहिँ निकै कम छ ।
  • कोरोना भाइरसबाट कसरी बच्ने र सर्न कसरी रोक्ने ?
  • हातको सफाइ धेरै महत्वपूर्ण छ । साबुन पानीले २० सेकेन्डसम्म हात धुनुहोस् ।
  • घरमै हरेक काम गरिसकेपछि वा बाहिर कामबाट घर फर्केपछि साबुन पानीले हात धुनुहोस् ।
  • यदि साबुन पानी पाइएन भने ह्यान्ड स्यानिटाइजर हातमा लगाउनुहोस् ।
  • खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाक टिस्यु पेपरले वा हात खुम्च्याएर ढाक्नुहोस् ।
  • प्रयोग भएका टिस्यु पेपर फोहोर राख्ने भाँडामा हाल्नुहोस र तत्काल हात धुनुहोस् । भेटघाटका लागि आएका साथीहरू वा आगन्तुकहरूलाई नमस्कार गरेर अभिवादन गर्नुहोस् ।
  • भेटघाटका लागि आएका साथीहरू वा आगन्तुकहरूलाई पनि घरमा आउना साथ हात धुन अनुरोध गर्नुहोस् ।
  • आफूलाई रूघाखोकीजस्ता लक्षण देखिएमा बढी सावधानी अपनाउनुहोस् ।
  • यदि हात सफा छैन भने आँखा नाक र मुख नछुनुहोस् ।
  • तत्कालै हात धुने अवस्था छैन भने सार्वजनिक स्थानमा रहेका वस्तुलाई अनावश्यक छुने काम नगर्नुहोस् ।
  • भेटघाटका लागि आएका साथीहरू वा आगन्तुकहरूलाई हात मिलाएर वा शरीर जोडेर अभिवादन नगर्नुहोस् ।
  • अत्यावश्यकबाहेक अरू बेला धेरै मानिसहरू भेला हुने ठाउँमा नजानुहोस् ।
  • सन्चो नभएका अरु व्यक्तिसँग नजिक नहुनुहोस् ।

यात्रासम्बन्धी सुझाव
कतिपय मुलुकहरुमा जाँदा कोरोना भाइरस संक्रमण हुनसक्ने उच्च सम्भावना छ । यात्रासम्बन्धी ताजा सूचना बेलायत सरकारले GOv.Uk मा उपलब्ध गराउने गर्छ ।

कोरोना भाइरसको उपचार

  • कोरोना भाइरसको उपचार हालसम्म पत्ता लागिसकेको छैन ।
  • एन्टीबायोटिक्सले कोरोना भाइरसलाई निको पार्दैन ।
  • उपचारले तपाईंको शरीरले भाइरससित लडुन्जेल बिसन्चोको लक्षणलाई कम गराउने कोसिस मात्र गर्छ ।
  • कोरोना भाइरसको लक्षण देखिएमा सन्चो नभएसम्म अरु व्यक्तिबाट अलग्गै बस्नुपर्छ ।
  • बालबालिका, वृद्धावस्था, एवम् दम र दीर्घ रोगीहरूजस्ता जोखिममा रहेका मानिसहरूका लागि सल्लाह । उनीहरूका लागि चाहिने अत्यावश्यक सामग्रीहरू जोहो गरिराख्नुहोस् ।
  • दैनिक क्रियाकलापमा अरूसँग यथेष्ठ दूरी कायम राख्नुहोस् ।
  • यदि सार्वजनिक ठाउँमा जानु पर्‍यो भने बिरामीहरुभन्दा परै रहनुहोस् वा उनीहरूसँगको सम्पर्क कम गर्नुहोस् र पटकपटक हात धुनुहोस् ।
  • यथासम्भव भीडभाडबाट टाढा रहनुहोस् ।
  • पानी जहाज र अत्यावश्यक नभई हवाइजहाजबाट गरिने यात्रा पनि नगर्नुहोस् ।
  • तपाईंंको समुदायमा कोभिड नाइन्टीनको प्रकोप सुरूवात भएछ भने आफूलाई संक्रमणबाट जोगाउन भरसक घरमै बस्नुस् ।

स्वास्थ्य सेवा सुविधाको प्रयोग

  • उच्च जोखिममा भएका मानिसहरूलाई स्वास्थ्य सेवा सुविधा लिन कठिन हुनसक्छ ।
  • त्यस्ता आफै स्वास्थ्य स्याहार सेवा लिन नसक्ने मानिसहरूका लागि १११ मा सम्पर्क गर्न सहयोग पाएको पक्का गर्नुहोस् ।
  • समुदायमा धेरै मानिसहरू अर्काको सहयोगमा निर्भर हुन्छन् त्यसैले उनीहरूलाई सहयोग गर्नु धेरै महत्वपूर्ण हुन्छ ।
  • उनीहरूलाई चाहिने औषधिजस्तै दमको लागि इन्हेलर, इन्सुलीन, औषधिका चक्कीहरू र अन्य सामान उनीहरूले सजिलै भेट्ने गरी राखिदियौं भने पनि ठूलो मद्दत हुन्छ ।
  • खाद्यवस्तुहरू र अक्सिजन, दिसा पिसाबका लागि चाहिने वस्तुहरू, डायलसिस एवम् घाउको स्याहारका लागि चाहिने वस्तुहरूको आपूर्तिमा निगरानी गर्नुहोस् ।
  • धेरै पटक पसल जानु नपरोस् भनेर नबिग्रने अनि धेरै प्रयोग हुने खालका सामानहरू बन्दोबस्त गरिराख्नुहोस् ।
  • यदि तपाईं केयर होममा हुनुहुन्छ भने अन्य साथीहरूको स्वास्थ्य अवस्था के कस्तो छ भनेर सोध्ने गर्नुहोस् र स्वास्थ्यकर्मीहरूलाई चनाखो बनाइराख्नुहोस् ।
  • जीपी वा १११ मा सम्पर्क गर्न नसक्ने मानिसहरूलाई नेपाली र अंग्रेजीमा प्रस्ट पार्ने गरी कुराकानी गर्न पनि मद्दत गर्नुहोस् ।

नेपाली समुदायले एकआपसमा कसरी मद्दत गर्न सक्छन् ?

  • चर्पी वा दिसापिसाब गर्ने ठाउँ नजिकै साबुनसहित हात धुने र सुकाउने व्यवस्था गरेर ।
  • घरमा, विद्यालयमा र भीडभाड हुने स्थानहरू जस्तै: पूजा आराधना गर्ने स्थानहरू, रेल र बस स्टेशनहरूमा साबुन, ह्याण्ड स्यानिटाइजर र हात पुछ्ने कागज टावेलहरूको सहजै पाउने व्यवस्था गरेर ।
  • विभिन्न वर्ग र समूहका मानिसहरूका लागि प्रस्ट बुझिने र काम लाग्ने सूचना प्रवाहको व्यवस्था गरेर ।
    सामाजिक सञ्जालको परिचालन
  • छोटो र मीठो किसिमले तयार पारिएका सूचना एवम् जानकारीहरू तथा चरणबद्ध देखिने गरी सचित्र वर्णन गरिएका सूचनाहरू प्रवाह गरेर ।
  • उपयुक्त खालका चित्र एवम् प्रस्ट नेपाली भाषामा तयार पारेर
  • प्रवासी नेपालीहरूमाझ फेसबुक धेरै प्रयोग गरिने सामाजिक सञ्जाल भएकोले यसमा उपयुक्त हुने गरी जानकारी प्रवाह गरेर ।

“छुट्टै” (आइसोलेसनमा) कसरी बस्ने ?

  • कोरोना भाइरसलाई फैलन नदिन “छुट्टै” (आइसोलेसनमा) बस्नु अति नै महत्वपूर्ण छ ।
  • अलग्गै बस्दा अरुभन्दा कम्तीमा २ मिटर टाढा बस्नुहोस् । खासगरी वृद्धावस्थाका जो पहिल्यैदेखि रोगी हुनुहुन्छ उहाँहरुबाट टाढै रहनुहोस् ।
  • साथीभाइ र परिवारका सदस्यहरुलाई खाना, किनमेल, औषधिलगायतका सामान ल्याइदिन भन्नुहोस् तर उनीहरुसित सम्पर्क नगर्नुहोस् ।
  • सकेसम्म एक्लै सुत्नुहोस् ।
  • नियमितरुपमा साबुन र तातोपानीले कम्तीमा २० सेकेण्डसम्म हात धुनुहोस् ।
  • पहिल्यैदेखि अस्वस्थ अवस्थाका पाकाहरुसित सकेसम्म टाढा रहनुहोस् ।
  • प्रशस्त पानी पिउनुहोस्, दुखाइ कम गर्ने पारासिटामोल, आइब्युप्रफिन जस्ता औषधि दिनहुँ लिनुहोस् ।
  • कसैलाई नभेट्नोस् । सामान ल्याइदिनेलाई ढोका बाहिरै सामान छोड्न भन्नुहोस् ।
  • घरबाट बाहिर ननिस्कनुहोस् । हिँडन वा स्कुल वा सार्वजनिक स्थानमा नजानुहोस् ।

(यो जानकारी नेपाल पत्रकार महासंघ यूके शाखाले एनएचएसद्वारा जारी सूचनालाई बेलायतमा कार्यरत नेपाली जनस्वास्थ्यविद्हरुसँग समन्वय गरी तयार पारेको हो ।)

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!