एटा संवाददाता ।
लण्डन । साउथ ईष्ट रिजनल तमुधिं युकेले कोरोना भाइरसका कारण सेवा आवश्यक भएका बिशेष गरी आप्mना संस्था भित्रका जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने उद्देश्य अनुरुप एक हेल्पलाईनको प्रारम्भ गरेको छ । गत १९ मार्च देखि उक्त सेवाको प्रारम्भ गरेको हो । जसको घरमा कोही पनि छैन, जसलाई सहयोगको एकदमै खाँचो छ त्यस्ता जेष्ठ नागरिकहरुलाई आपूmहरुले सेवा दिन लागिएको रिजनल तमुधिं युकेले जनाएको छ । साथै, सो संस्थाले तमु मात्र होइन, वास्तविक सेवा चाहिएकाहरुलाई सेवा प्रदान गरिने जनाइएको छ ।
त्यस्तै, उक्त संस्थाका अध्यक्ष हिरा प्रसाद गुरुङले, ‘हामी सबै मिलीजुली हातेमालो गरी यस संकटकालिन अवस्थामा हाम्रा जेष्ठ नागरिक बाबाआमाहरुालई सहयोग गरौं, सहारा बनौ, कोरोना भाईरसको बारेमा जानकारी गराऔं र त्यसबाट बच्ने उपायहरुको बारेमा पनि जानकारी गराउँ आपूm पनि बाँचौ र अरु लाई पनि बचाऔं’ भन्दै, ‘यस परोपकारी कार्यको लागि स्वंयसेवकको रुपमा सेवा गर्न अनुरोध गर्दछु’ भने ।
संस्थाका अनुसार आपूmहरुले यस्तो कठिन परिस्थितिमा पनि आफ्नो ज्यानको प्रवाह नगरिकन निरन्तर रुपले सेवा पु¥याउदै आईरहेको जनाउदै हालसम्म १३ जनालाई सेवा पु¥याइसकिएको जनाएका छन् । साथै, उक्त संस्थाले सो अभियानमा निस्वार्थ भावनाले जुटी सेवा पु¥याईरहेका समाजसेवी अभियन्ताहरुरु लगायत सम्पूर्ण साउथ ईष्ट रिजनल तमु धिं युकेलाई भित्री हृदय देखि नै मुरी मुरी धन्यवाद व्यक्त गरेको छ । साथै, सो संस्थाले आवश्यक परे वा सेवा सम्बन्धि जानकारी चाहिए निम्न व्यक्तिलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
Hira Gurung, Chairman (SERTD), 07737059868
Damar Gurung, General Secretary (SERTD), 07784940824
Nirmala Gurung, Advisor (SERTD), 07930050461