एटा संवाददाता ।
लण्डन । कोरोना भाईरसका कारण बेलायतमा बसोबास गर्ने ६५ जना नेपालीले ज्यान गुमाएका छन् । बिहिबार नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख शरद राज आरनले दिएको जानकारी अनुसार सो ६५ जना मध्ये ५४ जना पुरुष र ११ जना महिला रहेका छन् भने ५४ जना भूतपूर्व गोर्खाज परिवारका सदस्यहरुको निधन हुन गएको छ । धेरैजसो नेपालीहरु अग्रपक्तिमा रहेर काम गर्ने भएकाले पनि धेरैजसो नेपालीहरु संक्रमित भएका छन् । एनआरएनए युकेले दिएको जानकारी अनुसार बेलायतमा करीब १४०० जना कोभिड–१९ बाट संक्रमित भएका छन् । जसमध्ये धेरैजसोको स्वास्थ्य सामान्य भैसकेको छ भने केहि अस्पतालमा उपचरार्थ छन् ।
बिशेष गरी लण्डनमा बसोबास गर्ने नेपालीहरु प्रभावित भएका छन् । धेरैजसो नेपाली परिवार मिलेर बस्ने भएकाले पनि अरु समुदायको तुलनामा बढी नेपालीमा संक्रमण फैलिएको हुनसक्ने धेरैले विश्वास व्यक्त गरेका छन् । कोभिड–१९ का कारण कोहि पनि नेपालीले दुःख झेल्न नपरोस् भन्ने उद्देश्य अनुरुप बेलायतस्थित नेपाली संघसंस्थाहरुले आ–आप्mनो ढंगबाट सक्ने सहयोगको हात बढाईरहेका छन् । साथै, एनआरएनए युके लगायत जातिय, क्षेत्रीय लगायत संघसंस्थाहरुले राहत संकलन अभियानलाई समेत अगाडि बढाउदै आएका छन् ।