कोभिड उन्नाईस्को कहरसँगै पलाएका मनहरु

SHARE:

–जयराम तामाङ्ग
सँसार भरि अहिले कोभिड उन्नाईस्को नाम नसुन्ने मानिसहरु नगन्य मात्र होलान । बिकसित देशहरुमा नोवल कोरोना भाईरसको नाम नसुन्नेहरु साहयद कोही पनि छैनन् होला । अहिले सम्म विश्वमा सबै भन्दा बढी समचार बनेको बिषय मध्ये कोभिड उन्नाईस पनि एक हुन सकिन्छ । चिनको वुहान शहरबाट शुरु भएको यो महामारीले अहिले सम्म पचपन्न लाख भन्दा बढी मानिसहरुमा सँक्रमित भइैसकेको छन र त्यस मध्येबाट करीब तेईस लाख जति निको भई घर फर्किसकेका छन् भने करिब साँढे तिन लाख मानिसहरुले ज्यान गुमाई सकेकाछन् । ती ज्यान गुमाउनेहरु मध्ये सँसार भरका सयौं डक्टर र नर्सहरु पनि पर्दछन् ।

सँसार भरका बादशाह भन्ने देशहरु अहिले कोभिड उन्नाईसको महामारीले अत्तालिसकेका छन् । ति देशका राजनितिज्ञहरुले कहिल्यै भाईरसको बारेमा सोचेनन् र सुनेन पनि । केहि बर्ष पहिले बिश्वकै धनि मानिस बिल गेटसले ईबोला जस्ता भाईरसहरु भबिष्यमा आउन सकिने र सर्तक रहनु पर्ने भनेर जानाकारी दिएका थिए । उनले भनेका थिए सँसारमा धेरै देशहरुले सबै भन्दा बढी पैसा हातहतियार र रक्षामा गरिरहेकाछन् तर स्वास्थ्य सम्बन्धी कम खर्च गरिरहेका छन भनेका थिए । साँचै सँसारका मै हूँ भन्ने धन र शक्तिको तुजुक देखाउने बादशाहहरु भाईरस नियन्त्रण गर्न नसकेर रुन परेकोछ ।

कुनै देशले जोरी खोजेर यस्तै गरी मान्छे मारेको भए यी शक्तिशाली राष्ट्रहरुले त्यो देशको नाम निसान नै मेटिने गरि बमले उडाएर सखाप पारि दिनेथियो होला । अमेरिका, बेलायत, चाईना, रसिया ईटलि, पm«ान्स,जर्मनी जस्ता शक्तिशाली राष्ट्रहरुमा कोभिड उन्नाईसले तहल्का पिटेकाछन् । तर उनिहरु निरियह भएर चुपचाप लागेर घर भित्र लुकेर बस्नु बाहेक अरु उपाय देखिएन । युरोपियन युनियनको सदस्य बने बापत तिर्नु पर्ने शुल्क अब हामी राष्ट्रिय स्वास्थ्य सेवा अर्थात नेस्नल हेल्थ सर्भिस (एनहेचएस) मा खर्च गर्ने छौं भनेर बेलायतका राजनैतिक पार्टीका नेताहरुले बेलायत युरोपियन युनियनबाट निस्कने बेलामा आसवाशन दिएका थिए । तर त्यो नारा नारामै सिमित रह्यो । हाम्रो देशमा बिदेशी धेरै भयो हामीलाई बिदेशी पुग्यो भन्दै पनि गर्ने फेरी हामीलाई पैतालिस हजार नर्सहरु चाहिएको छ नर्सहरु बाहिर बाट ल्याउनु पर्छ भन्ने दुई जिब्रे प्रबृतिले हालको कोभिड उन्नाईसको महामारीले युरोपको सबै भन्दा बढी ज्यान गुमाउने देशमा बेलायत परेको छ । ती ज्यान गुमाउनेहरुमा नेपाली मुलका नेपालीहरु पनि अछुतो रहन सकेन ।

हामीहरु भन्छौ हामी नेपालीहरु सानै देखि मसलाहरु खाएर आएका छौ हाम्रो पाचन शक्ति बलियो छ हामीलाइृ खासै त्यती असर गर्दैन तर होईन रहेछ किनभने युकेमा मात्र नेपालीहरु करबि साठी देखि सत्तरी जनाको हाराहारीमा मृत्यु भईसकेका छन् । अफि«की मुलका मेरो एक जना सहकर्मीले पनि त्यसै गरी कालो बर्णको मान्छे अर्थात अफि«की मुलका मानिसहरुलाई खासै त्यती असर गर्दैन किनकि उहानमा सबै भन्दा पहिले त्यो कोभिड लागेर गएको मान्छे पनि अफि«की मुलका थिए रे अनि उसलाई लागेर पनि अझै केहि भएको छैन रे भनेर सुनाउथ्यो, तर त्यो एउटा हचुवाको भरमा भनेको तथ्यहिन कुरा मात्र थियो । युकेमा मात्र हेर्दा मृत्यु हुने डक्टर नर्सहरुमा करिब चालीस प्रतिसत जति अफ्रिकी मुलका थिए । समग्रमा हेर्दा एसियन मुलका र अफ«ीकी मुलका धेरै डक्टर र नर्सहरुको मृत्यु भएको देखिन्छ । जो जहाँको भएपनि आखिरी मृत्यु भनेको मृत्यु नै हो त्यो पिडादायी अनि दुखको कुरा हो ।

अब सँसारको मानिसहरुले यस कोभिड उन्नाईस बाट ठूलो पाठ सिक्नेछन् । हातहतियार र सुरक्षा बलमा मा भन्दा स्वास्थ्य क्षेत्रमा ठूलो धनरासीको आवश्यक छ भन्ने कुरा बुझ्नु जरुरीछ । बेलायतको सुईन्डन बसोबास गर्दै आउनु भएका नेपलीज एसोसिएसन वेलस्यर ( सुईन्डन) का पदाधिकारीहरुले स्वास्थ्य मानव जीवनको अति नै महत्वपूर्ण अनि जरुरी बिषय हो भनि नेपालीहरुको सहयोगमा दश हजार पाउण्ड सँकलन गरी स्थानिय ग्रेट वेस्टन हस्पिटलको ब्राईटर फ्यूचर एन हेच एस ट्रष्टमा सहयोग गरेकाछन् ।

त्यस्तै एक जना भूतपूर्ब ब्रिटिस आर्मी क्याप्टेन टोम मूरले आफ्नो एकसय बर्ष पूरा गरेको जन्म दिनको उपलक्ष्यमा आफ्नो घरको बगैचामा सय पटक हिडेर ओहोर दोहोर गरेर एन हेच एसको लागी हजार पाउण्ड उठाउने लक्ष्य राखेर हिडन शुरु गरेका थिए । तर अन्तमा क्यापटेन मूरले मनकारी सहयोगी मानिसहरु बाट बत्तिस मिलियन उठाउन सफल भएका थिए । यी त हामीले देखेका उदाहरण मात्र हुन । यस्तै गरी धेरै मानिसहरुले धेरै ठाउँहरुबाट आफूले जे जस्तो सकिन्छ त्यसै गरी सहयोग गरीरहेकाछन् ।

मेरी छोरी शोर्णिमाले काम गर्ने ग्रेटबेसटन हस्पिटलमा एउटा काईबर नाम गरेको ईण्डियन रेस्टुरेन्टले दिनहूँ काम गर्ने स्टाफहरुको लागी खाना बिना शुल्क उपलब्ध गरिरहेका छन् र त्यस्तै टेस्को सुपर मार्केट लगायत अरु थुप्रै कम्पनीहरुले आफू सँग जे जस्तो भएको सागसब्जी देखि खानेकुराहरु सहयोग गरीरहेको छोरीले बताएकी छिन । त्यस्तै बेलायतमा प्रत्येक बिहिबार साँझ आठ बजे जो जहाँ जुन अवस्थामा भए पनि फ«न्ट लाईनमा काम गर्नेहरुलाई हौसला बढाउदै सबैले ताली बजाएर धन्यबाद दिदै आएकाछन । अबको समय भनेको हातहतियार र सुरक्षमा भन्दा पनि जनस्वास्थ्यमा राज्यले खर्च गर्नु पर्ने देखिन्छ । अहिलेको कोभिड उन्नाईसको महामारी छिट्टै निर्मूल भएको होस र सबै मृत आत्माहरुले शान्ती मिलेकोहोस् जती पनि बिमारीहरु छन उनिहरुको शिघ्र स्वास्थ्य लाभ भएको होस अनि सबै जना सुरक्षित रहनु भएकोहोस्

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!