नेपाली दूतावासद्वारा नेपाल फर्कनपर्ने बाध्यतामा रहेकाहरुको विवरण अद्यावधिक गर्ने

SHARE:

एटा संवाददाता ।
लण्डन । नेपाली दूतावास लण्डनले नेपाल फर्कनपर्ने बाध्यतामा रहेका नेपाली नागरिकहरुको विवरण अद्यावधिक गर्ने भएको छ । मंगलबार २ जुनमा नेपाली राजदूतावास लण्डनले एक सूचना जारी गर्दै उक्त जानकारी गराइएको हो ।
उक्त सूचनामा, “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।२।१२ को निर्णय बमोजिम स्वीकृत ‘कोभिड—१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७’ जारी भएको सन्दर्भमा कोभिड—१९ महामारीको परिणामस्वरुप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनु पर्ने बाध्यतामा रहेका वेलायत, आयरल्याण्ड र माल्टामा रहनुभएका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । तसर्थ, यस प्रयोजनको लागि निम्न विवरण आवश्यक भएको हुँदा राजदूतावासको फेसबुक पेज, ट्वीटर, इमेलमार्फत ५ दिनभित्र आफ्नो विवरण उपलव्ध गराउनुहुन अनुरोध गरिन्छ’  भनिएको छ ।

त्यस्तै, फर्कनपर्ने बाध्यतामा रहेको नेपालीहरुले आ–आप्mनो नाम, राहदानी नम्बर, स्थायी ठेगाना, नेपाल फर्केपछि बस्ने ठेगाना, नेपालको टेलिफोन सम्पर्क, आफ्नै खर्चमा तोकिएको होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिन कुनमा बस्ने हो, खुलाउने नेपाल फर्कनुपर्ने कारण हाल आफू रहेको ठेगाना सम्पर्क नम्बर र इमेल उपलब्ध गराउनु पर्ने दूतावासले जनाएको छ । साथै, उक्त विवरणहरु उपलब्ध गराउनका लागि आफ्नो राजदूतावासको इमेल ःregistration@nepembassy.org.uk वा फेसबुक पेजः नेपाली राजदूतावास, लण्डन वा टवीटर ः Embassy of Nepal, London मा इनवक्स मेसेज गरी पठाउन सकिने बताइएको छ ।

त्यस्तै, गैरआवासीय नेपाली संघ, वेलायतले संकलन गरेको नेपाल फर्कन चाहने नेपालीहरुको विवरण यस राजदूतावासमा प्राप्त भैसकेको र उक्त विवरणमा राहदानी नम्बर, नेपाल फर्केपछि बस्ने ठेगाना, नेपालको टेलिफोन सम्पर्क नम्बर र होटल क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्थापन गरेको कुन स्थानमा बस्ने हो सो विवरण थप अधाविधिक गर्नुपर्ने भएकोले गैरआवासीय नेपाली संघमा आफ्नो विवरण दर्ता गराउनु भएका नेपाल फर्कन चाहने महानुभावहरुले यी थप विवरणहरु यस राजदूतावास वा गैरआवासीय नेपाली संघ पठाउनु हुन समेत सूचित गरेको छ ।

श्रोतः फेसबुक

साथै, उक्त सूचनामा गैरआवासीय नेपाली संघ, आयरल्याण्ड र गैरआवासीय नेपाली संघ, माल्टाले पनि यस सम्बन्धी विवरणहरु संकलन गरी यस राजदूतावासमा पठाउने व्यवस्था गरिएको र स्वयं व्यक्तिले पनि आफ्नो विवरण राजदूतावासमा पठाउन सकिने उल्लेख गरेका छ । साथसाथै, हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको स्वास्थ्य परिक्षण (पि.सि.आर÷आर.डि.टि.अन्य) को प्रमाण साथमा राख्नु पर्नेछ भने नेपाल फर्कने व्यक्तिले हवाई उडान तथा यातायात खर्च र होटल क्वारेन्टाइन खर्च आफैले व्यहोर्नु पर्नेछ । उक्त व्यक्ति विमानस्थलमा पुगेपश्चात प्रत्येक यात्रुलाई काठमाडौं चक्रपत्र आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनमा ट्रान्सफर गरिने समेत उल्लेख गरिएको छ । त्यस्तै, नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रुपमा स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा चौध दिनसम्म बस्नुपर्ने र तत्पश्चात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्ने जनाइएको छ । र, नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।

उक्त सूचनाको अन्त्यमा एअरलाइन्स र उडान तालिका लगायत अन्य विवरणहरुका सम्बन्धमा पछि जानकारी गराइने व्यहोरा अनुरोध गरिएको उल्लेख गरिएको छ । स्मरण होस्, यसअघि एनआरएनए युकेले नेपाल फर्कन चाहनेहरुले सम्पर्क गर्न अनुरोध गरिएकोमा करीब २०० जनाले नेपाल फर्कन चाहेको एनआरएनए युकेले केहि दिन अघि उल्लेख गरेको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!