प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

SHARE:

गुलरिया, बर्दिया । बिहीबार राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा झुण्डिएको अवस्थामा शव फेला परेकाले हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन् । उनी सोही क्यान्टिनमा काम गर्ने बुझिएको छ ।

श्रेष्ठको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गुलरियामा लगिएको र घटना बारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

सिंह ठकुरीले श्रीमती श्रेष्ठलाई पहिले पनि बेलाबेलामा घरेलु हिंसा गर्नेगरेका कारण आत्महत्या वा हत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमै भएको यस्तो घटना रहस्यमय भएको र शान्ति सुरक्षामा पनि आशंका उब्जन सक्ने देखिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!