पूर्वसांसद बालकृष्ण ढुंगेललाई माफी दिनेबारे लिखित जवाफ माग

SHARE:

सर्वोच्च अदालतले ज्यान मुद्दामा सजाय भोगिरहेका पूर्वसांसद बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो । आदेशमा दुवै पक्षलाई यही जेठ १३ गते छलफलका लागि उपस्थित हुन भनिएको छ ।

सरकारले गणतन्त्र दिवसका अवसरमा ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिन गरेको निर्णय रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!