बिपन्न परिवारलाई राहत वितरण गर्दै आमाको जन्मदिन मनाइयो

SHARE:

 असार ९, ओखलढुंगा । जन्मदिन मनाउने भन्ने बित्तिकै बिभिन्न भोजभतेर सहित महँगो उपहारको चित्र सबैको मानसपटलमा आउछ। तर ओखलढुंगाका एउटा परिवारले भने आफ्नो आमाको जन्मदिनलाई फरक ढंगले मनाएका छन। ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा न ११ का होम बहादुर श्रेष्ठ तथा प्रेम कुमारी श्रेष्ठका सन्तानले भने आफ्नी आमा प्रेम कुमारी श्रेष्ठको ८१ औ जन्मदिनमा अहिलेको बिश्वब्यापी महामारी बनेको कोभिड-१९ को कारण लकडाउनमा परि काम र माम बिहिन हुन पुगेका केहि बिपन्न परिवारहरुलाई दैनिक जीवन यापनको लागि अत्यावश्यक सामाग्रीहरु वितरण गरेर मनाएका छन।

सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो राहत वितरण कार्यक्रममा मेयर मोहन श्रेष्ठले सम्पूर्ण बिश्व नै कोभिड १९ रोग संगै भोकले आक्रान्त भएको बेला यसरी आफ्नी आमाको जन्मदिनमा बिपन्न परिवारलाई राहत बितरण गरेर जन्मदिन मनाउने सोच बाट आफु प्रभावित भएको कुरा बताउनु भयो, यसैपनि सामाजिक कार्य गर्ने मान्छे धेरै कम छ तर देश-बिदेशमा रहेका सन्तानहरुले यस्तो अबस्थामा आफ्नी आमाको जन्मदिनमा यसरी दीनदुखीलाइ राहत दिनु सह्राहनीय कार्य हो भन्नु भयो। यसैगरी सोहि नगरपालिका का उप मेयर इच्छा गुरुङले आफ्नो खर्च कटाएर आफ्नो आमाको जन्मदिनमा बिपन्न परिवारलाई राहत बाडेर पुण्य कर्म गरेको उनै आमाका सन्तान शिवजी श्रेष्ठले ३ दिन अगाडी आफ्नी श्रीमतीको जन्मदिनमा पनि यसरी नै इलाममा राहत बाडेर आफ्नी श्रीमती उर्मिला श्रेष्ठको जन्मदिन मनाएको सन्दर्भमा यो परिवार हामी सबैको लागि उदाहरणीय छ भन्नु भयो। त्यस अवसरमा परिवारको तर्फबाट बुहारी सम्झना श्रेष्ठले आमा-बुवाको इच्छा बमोजिम ‘हुने खानेलाई हैन हुदा खाने’ को लागि केहि गरौ भनेर नै यस कोभिड-१९ मा काम र माम बाट बन्चित भएका केहि परिवारहरुको चुल्हो निभ्न नपावस भन्ने उदेश्यले समाजसेवी र जनप्रतिनिधिहरुको समेत सहभागिता र सिफारिसमा छानिएकाहरुलाई आज राहत बितरण गरिएको कुरा बताइन।

आजभन्दा ५ बर्ष अगाडी उनै सन्तानहरुले आफ्ना बुवा-आमाको नाममा सामाजिक संस्था गठन गरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उदेश्यले होम बहादुर -प्रेम कुमारी ट्रष्टको नाममा बिभिन्न स्थानमा सहयोग पुर्याउदै आएका छन। आफु पढेको बिद्यालय स ज मा बि ओखलढुंगामा इ-लाइब्रेरी स्थापना गरेर आफ्नो कार्य शुभारम्भ गरेको यस ट्रष्टमा प्रसिद्ध सीमाबिद बुद्धि नारायण श्रेष्ठको अध्यक्षतामा अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, त्रिभुवन बिश्व बिद्यालयका प्राध्यापक डा शंकर खनाल, सर्बोच्च बारका अधिवक्ता श्रीमती लक्ष्मी पोखरेल , जनक शिक्षा सामाग्री केन्द्र ३ न प्रदेसका निमित्त इन्चार्ज राम बिनय श्रेष्ठ, खानेपानी संस्थान, काठमाडौँका अधिकृत कल्पना मानन्धर लगायतका व्यक्तित्वहरु हुनुहुन्छ।

सो अवसरमा ट्रष्टका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले अहिलेको बिकराल परिस्थितिले गर्दा आफु सशरीर उपस्थित हुन् नसकेपनि यस ट्रष्टका संरक्षक प्रेम कुमारी श्रेष्ठको जन्मदिनमा केहि बिपन्न परिवारहरुलाई राहत वितरण गर्ने कार्यमा यहाहरुले साथ् दिनु भएकोमा धन्यवाद दिदै पठाउनु भएको संदेश पढेर सुनाइएको थियो। करिब २ दर्जन बिपन्न परिवारका प्रत्येक परिवारलाई ३० किलो चामल सहित दाल, नुन, तेल, चना,मसला लगायतका सामाग्री प्रदान गरिएको थियो। सो अवसरमा ओखलढुंगा क्याम्पसका क्याम्पस चिफ तथा जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सुमन राजभण्डारी, उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के, ओखलढुंगा पारस्परिक गुठीका अध्यक्ष लगायतका पदाधिकारीको हात बाट वितरण गरिएको राहत कार्यक्रमको मुख्य संयोजन केन्द्र श्रेष्ठले गरेको  शिवजी श्रेष्ठले जनाएका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!