‘भेडी गोठाले’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन हुँदै

SHARE:

काठमाडौं । गुरुङ संस्कार र संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’अर्थात् ‘भेडी गोठाले’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन हुँदैछ । चलचित्र भेडी गोठाले नेदरल्यान्डको अमस्टरडममा शनिबार 25 तारिखदेखि 28 सम्म चार दिन प्रदर्शन हुन लागेको कार्यकारी निर्माता दुर्गा गुरुङ (मिलन ) ले जानकारी दिए । उनका अनुसार शनिबार बेलुकी ६:०० बजे भेडी गोठाले प्रदर्शन सुरु हुने र २८ तारिख नतिजा सार्बजनिक हुनेछ ।

आफूहरुले बनाएको चलचित्र भेडी गोठाले अन्तर्रास्ट्रिया फिल्म फेस्टिभलमा पुर्‍याउन सफल भएको भन्दै निर्माता मिलनले खुसी व्यक्त गरे । मिलन डिजि इन्टरनेस्नल प्रालिको पहिलो प्रस्तुति रहेको चलचित्र निर्देशन /लेखन सुवास गुरुङ (गणेश), सहनिर्माताहरुमा विक्रम गुरुङ, बिजया गुरुङ, देउकुमारी गुरुङ (अन्जना) हङकङका छन् ।

लमजुङको इलमपोखरी, भार्तेलगायतका ठाउँमा छायाड्ढन गरिएको सो चलचित्रमा राजेश गुरुङ, अश्मी गुरुङ, सुवास गुरुङ, खुसी गुरुङ, गौरी गुरुङ, मेखराज गुरुङ, सनम गुरुङ, ध्वज गुरुङलगायतका कलाकारहरूले अभिनय गरेका छन् । यसअघि, चलचित्र लमजुङको बेंशीसहर, स्याङ्जाको फेदीखोला, हङकङ, कतार, काठमाडौं, लेखनाथ, पोखरा, पर्वतको दुर्लुङलगायतका स्थानमा प्रदर्शन भइसकेका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!