एटा संवाददाता ।
लण्डन । गत १३ जुन शनिबार राती पर्वतको दुर्लुङ्ग काउँलेमा गएको पहिरोबाट पीडित परिवार र लकडाउनबाट प्रभावितहरुलाई बेलायतमा क्रियाशिल दुर्लुङ्ग समाज युकेले ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सोही रात उक्त पहिरोका कारण थापा परिवारका ६ जना र बिक परिवारको ३ जनाले ज्यान गुमाएका थिए ।
दुर्लुङ्ग समाज युकेले आप्mनो थाकथलोमा ९ जनाको ज्यान जाने गरी गएको पहिरोबाट पीडित भएका गाउँलेहरुलाई केही भएपनि राहत होस् भन्ने उद्देश्य अनुरुप उक्त रकम संकलन गरी प्रतिनिधि सभाका सदस्य सांसद लालकाजी गुरुङ, नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङ, स्थानीय कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी लगायतको बिशेष उपस्थितिमा शनिबार २७ जुनका दिन राहत वितरण गरिएको समाजका निवर्तमान अध्यक्ष एवं वरिष्ठ सल्लाहकार ज्वहारलाल (जेएल) गुरुङले जानकारी दिए ।
समाजले उक्त पहिरोबाट पीडित थापा परिवारलाई ४ लाख ५० हजार रुपैयाँ र बिक परिवारलाई २ लाख २५ हजार रुपैया र सोही पहिरोबाट क्षति भएका ३ घरपरिवारलाई ३१ हजार १ सय ५० का दरले ९३ हजार ४ सय ५० रुपैयाँ आर्थिक सहयोग गरिएको आर्थिक संयोजक बिकास (रक) गुरुङले जानकारी गराए । साथै, उनले पहिरोबाट ज्यान गुमाएका संख्याको आधारमा जनही ७५ हजार रुपैयाँको दरले दुवै परिवारलाई आर्थिक सहयोग गरिएको बताए । आर्थिक संयोजक गुरुङका अनुसार, कोरोना महामारीका कारण भएको लकडाउनबाट प्रभावित सोही गाउँका अति बिपन्न ५० परिवारलाई २५ किलो चामल, ५ किलो दाल, ६ लिटर खाने तेल गरी १ लाख ९८ हजार बराबरको खाद्यान्न सहित कुलले ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँको राहत वितरण गरिएको छ।
उक्त राहत वितरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्य सांसद लालकाजी गुरुङले विपतमा मानवीय भावनाले सहयोग गरेकोमा दुर्लुङ्ग समाज युकेलाई धन्यवाद दिदै आपूmले दुर्लुङ्ग पहिरो पीडितलाई उचित क्षतिपूर्ति र पुनः स्थापनाका लागि संसदमा सरकारको ध्यानाकर्षण गराएको बताए । त्यस्तै, नेपाली कांग्रेस पर्वतका पुर्व पार्टी सभापति नवराज गुरुङले कोरोना भाइरसले बिश्व आक्रन्त बनाईरहेको अवस्थामा पनि गरेको सहयोगको प्रसंशा गर्दै दुर्लुङ्ग समाज युकेप्रति आभार व्यक्त गरे ।
उक्त कार्यक्रममा उपसंयोजक प्रभु गुरुङले दुर्लुङ्ग समाज युकेका अध्यक्ष रक्ष गुरुङले बेलायतबाट पठाउनुभएको सन्देश पढेर सुनाएका थिए । त्यस्तै, समाजका अध्यक्ष रक्ष गुरुङले आप्mनो जन्मभूमि दुर्लुङ्गमा गएको पहिरोबाट ज्यान गुमाएकाहरुको मृत आत्माको चीर शान्तिको कामना गर्दै सो विपद्मा आर्थिक सहयोग गरेका सहयोगदाता, राहत वितरणमा सहभागी भएका सांसद लालकाजी गुरुङ, नेपाली कांग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङ, समाजका संस्थापक अध्यक्ष, आजीवन सदस्य, सल्लाहकार, स्थानीय मेयर, वडा अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, पत्रकार, समाजसेवी लगायत उपस्थित सबै महानुभावहरुलाई धन्यवाद दिएका थिए ।
उक्त राहत बितरण कार्यक्रमका संयोजक प्रितम गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्थानीय कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, उपमेयर सिता काफ्ले लामिछाने, दुर्लुङ्ग समाज युकेका संस्थापक अध्यक्ष नरजङ्ग गुरुङ, ले.रि. थमनसिंह गुरुङ लगायतले समेत बोलेका थिए ।
समाजका अध्यक्ष रक्ष गुरुङको पहलमा संकलित उक्त रकम अध्यक्ष रक्ष गुरुङकै अध्यक्षतामा वसेको वैठकले वितरणका गर्ने निणर्य गर्दै सो कार्यक्रम तय गरिएको थियो ।
शसस्त्र प्रहरीका एसएसपी सोम बहादुर गुरुङ, नेपाली सेनाका कर्नेल अर्जुन दुलाल, नेपाल प्रहरीका प्रतिनिधिहरु लगायत विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधि र गाउँलेहरुको उपस्थिति रहेकोे कार्यक्रममा प्रभु गुरुङले स्वागत मन्तब्य दिएका थिए भने नेपाली कांग्रेस दुर्लुङ्गका सभापति बालकृष्ण शर्माले कार्यक्रम संचालन गरेको समाजले जनाएको छ ।