एटा संवाददाता ।
लण्डन । नेपाली समुदाय बेलायतमा क्रियाशिल पर्वत वेलफेयर सोसाईटी युकेले १० दिनको फरकमा निधन भएका दुर्गा बहादुर गुरुङ तथा देउमायाको शोकाकुल परिवारलाई एक हजार २९७ पाउण्ड सहयोग गरेको छ । पर्वत स्थायी घर भइ बेलायतको क्याम्बर्ली बस्दै आएका भूतपूर्व गोर्खा सैनिक दुर्गाबहादुर गुरुङको पत्नी देउमायाको गत मे १३ का दिन र स्वयं पति दुर्गाबहादुरको १० दिनपछि मे २३ का दिन कोरोना संक्रमणबाट निधन भएको थियो ।
गत आइतबार २८ जुनका दिन सोसाइटी अध्यक्ष नेत्र आले, संस्थापक अध्यक्ष हित काजी गुरुङ, कोषाध्यक्ष सुरज पौडेल र सदस्य अप्सरा गुरुङले स्वर्गीय दम्पतिका स्यान्डहस्र्ट, युके निवासी भान्जा मिन गुरुङलाई उनकै निवासमा गई सो आर्थिक सहयोग प्रदान गरेका हुन् । सो रकम हस्तान्तरण गर्दै अध्यक्ष आलेले श्रीमान्श्रीमतीको १० दिनको अन्तरमा निधन हुनु दुःखद् भएको बताए भने यस्तो अवस्थामा समेत आर्थिक सहयोग गर्ने सबैप्रति कोषाध्यक्ष पौडेलले धन्यवाद दिए । त्यस्तै, मृतकका भाञ्जा मिन गुरुङले सो सहयोग रकम छिट्टै नेपाल पठाईने विश्वास व्यक्त गरे ।
पर्वत भोर्ले पुख्र्यौली घर भई हाल रुपन्देहीमा स्थायी घर भएको गुरुङ केही बर्ष अघि अरु भूतपूर्व गोर्खाज् जस्तै बेलायत आएका थिए । छोराछोरी नेपालमा भएका कारण उनीहरुको भाञ्जा मीनमार्फत उक्त रकम पीडित परिवारलाई प्रदान गरिएको संस्थापक अध्यक्ष हित काजी गुरुङले जानकारी दिए ।
स्मरण रहोस्, सोसाईटीले कोभिड–१९ को प्रभाव शुरु भएदेखिनै अप्ठ्यारोमा परेका आप्mनो संस्थाका सदस्यहरुलाई सहयोग गर्दै आएको छ ।